नेपाल सद्भावना पार्टीले असोज ३ लाई काला दिनको रुपमा मनाउने – Jaleshwortoday

नेपाल सद्भावना पार्टीले असोज ३ लाई काला दिनको रुपमा मनाउने

 September 16, 2021  
Nesapa

जलेश्वरटुडे समाचारदाता
धनुषा, ३० भाद्र
नेपाल सद्भावना पार्टीले असोज ३ लाई काला दिनको रुपमा मनाउने भएको छ ।
नेसपा केन्द्रिय अध्यक्ष रामकुमार महतोको अध्यक्षतामा बुुधबार केन्द्र्रिय कार्यालय जनकपुरधाममा बसेको केन्द्रीय कार्य सम्पादन समितिको बैठकबाट असोज ३ गते काला दिनको रुपमा मनाउने प्रवक्ता पवन कुमार साहद्वारा हस्ताक्षरित प्रेस विज्ञप्तिमा लेखिएको छ । २०७२ असोज ३ गते मधेसी,आदिवासी,जनजाति, दलित,पिछडावर्ग,थारु,मुस्लिम लगायत उत्पीडित समुदायहरुको पहिचान,अधिकार,सम्मान सहितको संंघियता र सम्पूर्ण जातजातिहरुको अधिकार सुुनिश्चित सहितको संविधान जारी हुनु पर्ने माग राखि जारी आन्दोलनकारीमाथि राज्यद्वारा दमनकारी नीति अपनाई २०७२ असोज ३ गते मधेसी आन्दोलनकारीमाथि गोलि प्रहार गरी मधेसी आन्दोलनकारी वीर शहिदको लास जलिरहेको बेला केहि वर्गको अधिकार मात्र सुनिश्चित हुने गरी जवरजस्ती संविधान जारी गरेकोमा उक्त दिन जबसम्म उत्पीडित समुदायको अधिकार संविधानमा सुुनिश्चितता सहित वीर शहिदको सपना साकार हुदैन,तबसम्मको लागि असोज ३ काला दिनको रुपमा मनाउन बाध्यता सहित असोज ३ लाई काला दिन मनाउन सम्पूर्ण मधेसी सहित उत्पीडित जनसमुदायहरुलाई आग्र्रह गर्दै यस पार्टीको आयोजनामा सो दिन जनकपुरधामको जनक चौकमा विरोध सभा लगायतको विरोधका कार्यक्रमहरु गर्ने विज्ञप्तिमा लेखिएको छ ।