जलेश्वरटुडे समाचारदाता
महेन्द्रनगर, २५ जेष्ठ
परमेश्वर कबीर साहेबको ६२८औँ प्रकट दिवसको अवसरमा सन्त रामपालजी महाराजको सान्निध्यमा नेपाल र भारतका विभिन्न सतलोक आश्रमहरूमा तीन दिवसीय आध्यात्मिक महोत्सव आयोजना हुँदैछ । यो कार्यक्रम २०२५ जुन ९ देखि ११ सम्म नेपालको मधेश प्रदेश स्थित सतलोक आश्रम धनुषा, बेलाचापी वडा नम्बर २, महेन्द्रनगरसहित भारतका हरियाणा, पञ्जाब, उत्तर प्रदेश, राजस्थान, मध्य प्रदेश र दिल्लीका ११ सतलोक आश्रमहरूमा सम्पन्न हुनेछ ।
यो महोत्सव ज्येष्ठ शुक्ल पूर्णिमाको अवसरमा आयोजना गरिँदै छ, जुन सन् १३९८ मा कबीर साहेब काशीको लहरतारा तालाबमा कमलको फूलमा सशरीर प्रकट भएको दिन हो । कार्यक्रममा सन्त गरीबदासजीको अमृतवाणीको अखण्ड पाठ, हवन यज्ञ, सत्सङ्ग, रक्तदान शिविर, दाइजोमुक्त विवाह र शुद्ध घिउमा बनेको भण्डारा समावेश हुनेछ । सन्त रामपाल जी महाराजले कबीर साहेबको समानता, मानवता र शोषणरहित समाजको दर्शनलाई प्रचार गर्दै आध्यात्मिक चेतनामार्फत समाजवादी मूल्य स्थापित गर्न जोड दिनुहुन्छ ।
नेपालको धनुषा आश्रममा हजारौँ भक्तहरूको सहभागिता अपेक्षित छ । कार्यक्रमको प्रत्यक्ष प्रसारण सतलोक आश्रम धनुषा नेपालको यूट्यूब, फेसबुक र साधना टीभीमा बिहान ९:३० बजे उपलब्ध हुनेछ । सन्त रामपाल जीले शास्त्र आधारित तत्त्वज्ञानमार्फत भक्तहरूलाई सत्य भक्तिको मार्ग देखाउँदै हुनुहुन्छ । यो अवसरमा सबैलाई सपरिवार सहभागी भई मन्त्रदीक्षा लिन र कबीर साहेबको दर्शनबाट प्रेरित समाज सुधारको सन्देश ग्रहण गर्न आह्वान गरिएको छ ।
सम्पर्क: सतलोक आश्रम धनुषा
थप जानकारी: www.jagatgururampalji.org
