असन्तुष्टि निराकरण जरुरी – Jaleshwortoday

असन्तुष्टि निराकरण जरुरी

 September 20, 2021  
Education

संविधानको विषय लिएर अहिले सम्म नेपालमा असन्तुष्टि तथा विरोध कायमै छ जुन राष्ट्रिय हितको लागि राम्रो होइन । विश्वका विभिन्न मुलुकहरु समावेशी तथा पूर्ण संविधान बनाएर विकासको गतिमा अगाडी बढी सकेका कैयन प्रमाणहरु छन् । तर नेपालमा २०७२ को संविधान घोषणा भए पनि अपूर्ण तथा मधेस तथा दलित,जनजाति,आदिबासी लगाय अन्य वर्गको मुद्दाहरुको संवोधन नभएको कारण अहिले पनि नेपालमा असन्तुष्ट पक्षहरु संविधान दिवसकै दिन विरोध गर्न तथा आफ्ना जायज माँगहरु पुरा गराउन बाध्य छन् । असोज ३ गते नेपाल सरकारले संविधान दिवस मनाए पनि मधेसमा यस दिनलाई कालो दिवसको रुपमा मनाउन थालेको हो । यसै दिन नेपाल सरकारले लाख विरोधको बाबजुद बन्दुक र प्रशासनको आँडमा मधेसको मुद्दाहरुलाई थाति राखेर अपूर्ण संविधानको घोषणा गर्यो । करिब ६ वर्षदेखि मधेसी जनता आफ्नो अधिकार प्राप्तिको लागि असोज ३ लाई कालो दिन रुपमा मनाउदै आएका छन् । तर यो कालो दिन र विरोधहरु आखिर कहिले सम्म ? मधेसीहरुसँग भएका ८ बुँदे सहमति लगायतका माँगहरु पुरा गरी संविधान समेत लाई आवश्यकत चित्तबुझ्दो संशोधन गरी संतोषजनक तथा सबैलाई मान्य हुने संंविधाननको घोषणा गर्नु नै जरुरी छ ।