Integrity Icon Nepal 2021 अवार्डबाट पाँच जना राष्ट्रसेवक कर्मचारी सम्मानित – Jaleshwortoday

Integrity Icon Nepal 2021 अवार्डबाट पाँच जना राष्ट्रसेवक कर्मचारी सम्मानित

 October 29, 2021  
Integrity

जलेश्वरटुुडे समाचारदाता
काठमाडौं, १२ कार्तिक

इन्टेग्रीटी आइकन नेपाल २०२१ बाट यस वर्षका पाँच जना राष्ट्र सेवक कर्मचारी सम्मानित भएकाछन् । सम्मानित हुनेमा भेरी अस्पताल, बाँकेकी नर्सिङ अधिकृत शिला शर्मा, नवलपुरकी प्रमुख जिल्ला अधिकारी मनमाया भट्टराई पंगेनी, मकवानपुरगढी गाउँपालिकाका कृषि अधिकृत चन्द्रकान्त चौधरी, भक्तपुर अस्पतालकी मेडिकल सुपेरिटेन्डेण्ट डा. सुमित्रा गौतम र भाषा आयोगका उप–सचिव डा. लोक बहादुर लोप्चन रहेकाछन् । यस वर्ष पनि कोभिड – १९ को जोखिम कायमै रहेकोले सम्मान कार्यक्रम सिमित व्यक्तिको उपस्थितिमा सम्पन्न गरिएको थियो । १०० जनाको प्रत्यक्ष सहभागिता रहेको कार्यक्रमको सामाजिक सञ्जालबाट गरिएको प्रत्यक्ष प्रशारण १० हजार भन्दा बढी व्यक्तिले हेरेका थिए ।
पाँच जना आईकन सार्वजनिक भईसकेपछि उनिहरूलाई चिनाउन र यस अभियानमा आम नागरिकलाई सहभागी गराउन सामाजिक सञ्जालहरूबाट विभिन्न अभियानहरू सञ्चालन गर्नुकासाथै जिल्ला स्थीत सञ्जाल पनि परिचालन गरिएको थियो । सेवाग्राहीको सुझावको आधारमा पाँचै जनालाई छुट्टाछुट्टै टाईटलबाट अवार्ड गरिएको छ । जस अन्तरगत, शिला शर्मा “दृढ र सहृदयी”, मनमाया भट्टराई पंगेनी “प्रेरणादायी र निडर”, चन्दकान्त चौधरी “नवप्रवर्तनकारी र दुरदर्शी”, डा. सुमित्रा गौतम “कर्मनिष्ठ र रुपान्तरणकारी”, र डा. लोक बहादुर लोप्चन “अटल र लगनशिल” टाईटलबाट सम्मानित भएका थिए ।
“ईन्टेग्रिटी आईकन २०२१” बाट सम्मानित हुने पाँचै जनालाई बधाई तथा शुभकामना दिदै कार्यक्रमा अतिथि वक्ता एवं राजनीतिक विश्लेषक हरी शर्माले भन्नुभयो, “आईकन बिम्ब हो, जुन हामीमा जागेर आउनुपर्छ । उसमा निर्णयको स्वायत्तता हुनु पर्दछ । जसमा निर्णयको स्वायत्तता छैन भने त्यो बहिकिन्छ ।”
त्यस्तै अर्का अतिथी वक्ता एवं पूर्व बागमती प्रदेश प्रमुख तथा सिएनएन हिरो अनुराधा कोईरालाले भन्नुभयो, “राम्रो काम गर्ने मान्छे बिचलित नभएर सेवालाई निरन्तरता दिने हो भने, उ अरुको लागि पनि उदाहरण बन्न सक्छ ।”