महिला हेयर स्टाइलबारे जानौं - Jaleshwortoday

Craps big 6 bets

  1. Best Canada Bingo Sites: This Pick Me Up Bingo sister site is also one of the only sister sites that comes with the random game feature, which is always available to registered players that are stuck for choice in the vast library of games.
  2. No Deposit Bonus Casino Microgaming United Kingdom - You can also gain access to the APK and install it on your Android-powered mobile or tablet device.
  3. Casino Machine Jackpot: Get to enjoy the Metamorphosis Slot Machine even more by making sure to spin its reels at the right place.

Vegas night slots

Genting Casinos Australia
The activation takes you to a new screen that shows the three Hats.
Casino Welcome Bonus Without Deposit
Out of the numerous roulette variations, most gamblers remain loyal to the European roulette, and for a good reason.
In this blackjack rendition, the accepted playing options include.

No deposit bonuses for ruby slots

Winpalace Casino Review And Free Chips Bonus
But all payment options are processed relatively quickly.
Zug Casino Login App Sign Up
As you start placing your bets, you can get bonus spins and chance for winning real money.
Alev Casino No Deposit Bonus 100 Free Spins

महिला हेयर स्टाइलबारे जानौं

 १० मंसिर २०७८, शुक्रबार २१:५७  
download

खुशी पाठक त्रिपुरेश्वरस्थित ऐना युनिसेक्स सैलुनकी सञ्चालक हुन् । करियरको शुरुवातमा यति एयरलायन्सको एयर होस्टेसको रूपमा चार वर्ष काम गरेकी खुशी त्यसपछि व्यवस्थापनको काममा सरिक भइन् । सोलार पावर ‘इको पावर डेभलपमेन्ट’को डाइरेक्टर एवं अपर ल्याप्चेखोला हाइड्रोपावरको एचआर तथा एडमिन म्यानेरको रुपमा समेत काम गरिसकेकी खुशीले ब्लुवर्ड मलमा गत साउनदेखि युनिसेक्स सैलुन सञ्चालनमा ल्याएकी हुन् । पाठकसँग अनलाइनखबरले गरेको सौन्दर्यवार्ता ः अहिले टिनएजर्समा कस्तो हेयर स्टाइल बढी चल्तीमा छ ? टिनएजरहरूमा आफ्नो लुक्स र ड्रेस अनुसार हेयर स्टाइल बनाउने प्रचलन बढी छ । कुनै व्यक्ति कस्तो कार्यक्रममा सहभागी हुँदैछ, त्यसले पनि हेयर स्टाइल निर्धारणमा प्रभाव पार्छ । सामान्यतया केराटिन ट्रिटमेन्ट, हेयर स्ट्रेट गर्ने चलन बढी छ ।प्रायः ग्राहकहरूले अनुहारको बनोट अनुसार हेयर डिजाइन गराउँछन् कि बजारमा चले अनुरुपको ? धेरै ग्राहकहरु त बजारमा चलेको स्टाइलमा कपालको डिजाइन गराउन भन्दै आउँछन् । तर हामीसँग हेयर मास्टरहरु पनि हुनुहुन्छ । उहाँहरुले ग्राहकको अनुहारको आधारमा कस्तो हेयर स्टाइल सुहाउँछ ? भन्ने हेरेर त्यही अनुसार सुझाव दिनुहुन्छ । धेरैले सुझाव अनुसारको डिजाइन मन पराउँछन् । कसैले आफूले बजारमा देखेको स्टाइल नै राम्रो लाग्यो भन्नुभयो भने त्यही अनुसार गर्छौं । बाटुलो अनुहार भएकालाई कस्तो हेयर डिजाइन सुहाउँछ ?सामान्यतया बाटुलो अनुहार (राउण्ड फेस) भएको मान्छेलाई कपाल स्ट्रेट गर्दा नै राम्रो हुन्छ ।
अलिक लाम्चो अनुहार भएका मान्छेलाई कस्तो हेयर स्टाइल सुहाउँछ ? लाम्चो अनुहार भएकालाई वेभी हेयर स्टाइल हुन्छ । यसलाई ब्लो जाइ स्टाइलिङ पनि भनिन्छ । लाम्चो अनुहार भएकाहरुले बढी यस्तै डिजाइन बढी उपयुक्त मान्छन् ।महिलाहरु कति अवधिमा हेयर डिजाइन गराउँछन् ? नियमित फेसन रुचाउने महिलाले सामान्यतया कुनै कार्यक्रममा जानु छ भने सोही दिन हेयर डिजाइन गरेर जान्छन् । इभेन्टमा जाँदा सामान्यतया जुरो र कर्ली हेयर बनाउने चलन छ । यसबाहेक नियमित भनेको त स्ट्रेट गर्ने, केराटिन, हेयर कलर आदि नै हो । वालियाज हेयर कलर टेकनिक धेरैले मन पराउँछन् ।
कामकाजी महिलाका लागि कस्तो हेयर डिजाइन उचित हुन्छ ?हरेक दिन काममा जानुपर्ने महिलाहरुले कपाल कलर गराउनु हुन्छ भने हल्का लाइट र कपालको डिजाइन स्ट्रेट खालको बनाउनु राम्रो हुन्छ । यसबाहेक सोल्जर लेन्थ कट र लेयर कट नियमित अफिस जानुपर्ने महिलाहरुको लागि उचित हेयर स्टाइल हो । अहिले केराटिनको ट्रेन्ड पनि चलिरहेको छ, के केराटिन गराउनैपर्छ ? केराटिन भनेको प्रोटिन हो । यसले काठमाडौंको जस्तो धुलोधुवाँ बढी हुने ठाउँमा कपाललाई ड्यामेज हुनबाट बचाउँछ । साथै, यसले कपाललाई स्मुथ बनाउन पनि सहयोग गर्छ । यसले कपाल झर्न पनि रोक्छ । कलर लगाउँदा कतिपय केमिकलको प्रयोगका कारण कपाल ड्यामेज हुने र झर्ने जस्ता समस्या देखिन सक्छन् । यसलाई रोक्न पनि केराटिन आवश्यक हुन्छ । जाडोयाममा कपालमा चायाँ पर्छ, यसबाट कसरी छुटकारा पाउन सकिएला ? जाडोयाममा कपाल झर्ने समस्या धेरै हुन्छ । यसलाई रोक्न वेल मसाज गर्नुपर्छ । यसले कपाल झर्नबाट रोक्छ । साथमा हेयर स्पाले पनि यो समस्याबाट मुक्ति दिन्छ । कपाललाई बलियो कसरी बनाउने ? वेल मसाज, हेयर मजास र हेयर स्पा नै कपाललाई बलियो र तन्दुरुस्त राख्ने उपाय हो । कपाललाई बलियो बनाउन चिसो कपाल बाँध्नु हुँदैन । बाँध्नै परे ड्राइ गरेर मात्रै बाँध्नुपर्छ । यसबाहेक कुन स्याम्पु सुट गर्छ ? त्यो पनि हेर्नुपर्छ । कपालअनुसार फरकफरक स्याम्पु सुट हुन्छ । अहिले विवाहको सिजन छ, दुलहीको लागि कस्तो मेकअपको ट्रेन्ड छ ? बिहेमा दुलहीको पोशाक सामान्यतया रातो हुन्छ । दुलहीको मेकअपलाई सुहाउँदो नेचुरल मेकअप गर्ने गरिन्छ । जसलाई हामी न्युड मेक अप भन्छौं । त्यो नै दुलहीको लागि उचित मेकअप ट्रेन्ड हो ।