भंगहा नगरपालिकाका मेयर साहले जनकपुरको बाल आश्रमलाई गरे व्यक्तिगत आर्थिक सहयोग – Jaleshwortoday

भंगहा नगरपालिकाका मेयर साहले जनकपुरको बाल आश्रमलाई गरे व्यक्तिगत आर्थिक सहयोग

 November 29, 2021  
Child

जलेश्वरटुडे समाचारदाता
महोत्तरी, १३ मंसिर

भंगहा नगरपालिकाका मेयर संजिव साहले आफ्नो व्यक्तिगत तर्फबाट जनकपुरधामको कविर बाल आश्रमलाई ५१ हजार रुपैयाँ आर्थिक सहयोग गरेका छन् । जनकपुरधाम उपमहानगरपालिका ८ ज्ञानकुप स्थित सन्त तथा समाजसेवी सत्यनारायण आलोकले स्थापना गरेको आश्रममै पुगेर मेयर साहले नगद ५१ हजार आर्थिक सहयोग गरेका हुन् । सो नगद संचालक आलोकलाई नै मेयर साहले हस्तान्तरण गरे । मेयर साहले दुई महिना अघि एक कार्यक्रममा आश्रमलाई आफ्नो निजी स्तरबाट ५१ हजार रुपैयाँ सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए । समाजसेवी आलोकको कामबाट प्रभावित भएर उनको अभियानमा निजी तर्फबाट केहि आर्थिक सहयोग गरेको भोलिको दिनमा समेत गर्ने मेयर साहले प्रतिबद्धता जनाएका छन् । सन्त आलोकले आश्रममा विभिन्न स्थानमा वेवारिसे फेला परेर ल्याएका १४ जना बालबालिकाको पालनपोषण तथा शिक्षादिक्षा दिने गरेका छन् ।