ज्ञान गंगा ईन्टरनेशनल पब्लिक स्कुलको आयोजनामा निःशुल्क दन्त शिविर संचालन हुने – Jaleshwortoday

ज्ञान गंगा ईन्टरनेशनल पब्लिक स्कुलको आयोजनामा निःशुल्क दन्त शिविर संचालन हुने

 December 14, 2021  
Gyan Ganga

जलेश्वरटुडे समाचारदाता
धनुषा, २८ मंसिर

जनकपुरधाम उपमहानगरपालिकाको वडा नं.—१२ कुवा (एयरपोर्ट रोड)मा अवस्थित ज्ञान गंगा ईन्टरनेशनल पब्लिक स्कुलले निःशुल्क दन्त शिविर संचालन गरिने भएको छ । विद्यालयको संस्थापक तथा प्रधानाध्यापक उप—प्रा. पवन कुमार साहले दन्त शिविर यहि पुस २ गते शुुक्रबारको दिन विहान १० बजेदेखि विद्यालयको परिसरमा संचालन हुने जानकारी गराउनुभयो । वहाँले यो दन्त शिविर विद्यालयको बालबालिका तथा सम्बन्धित अभिभावक लगायत विशेष रुपमा वडा नं. १२(कुवा) र १५ (रामपुर) का नागरिक समाजलाई लक्षित गरि संचालन गराउन लागेको जानकारी गराउनु भयो । जनकपुरधामको प्रतिष्ठित दन्त चिकित्सक अनिता र ललिता यादवको विशेष पहलमा यो शिविर संचालन हुने वहाँले बताउनुभयो । यस विद्यालयले यस अघि सरसफाई,बृक्षारोपण,निःशुल्क स्वास्थ्य शिविर,योग शिविर जस्ता कार्यक्रमहरु विद्यार्थीहरु,अभिभावक हरु तथा यस क्षेत्रको नागरिक समाजको भलोका लागि गरिसकेको प्र.अ.साहले जानकारी गराउनुभयो ।वहाँले यसबाट सबैलाई लाभ उठाउन आग्र्रह समेत गर्नुभयो ।