सुगामा धुमधामका साथ श्रीकृष्ण जन्माष्टमी मनाइदै – Jaleshwortoday

सुगामा धुमधामका साथ श्रीकृष्ण जन्माष्टमी मनाइदै

 August 16, 2025  
7

जलेश्वरटुडे समाचारदाता
महोत्तरी, ३० श्रावण

जलेश्वर नगरपालिका वडा नम्बर ४, सुगामा यस वर्षको श्रीकृष्ण जन्माष्टमी पर्व विशेष धूमधामका साथ मनाउन शुरु भएको छ ।
भगवान श्रीकृष्णको जन्मोत्सवको अवसरमा वडाभरि उत्सवको रौनक छ । स्थानीय बासिन्दाहरू पर्वको स्वागतमा जुटेका छन्। झाँकी सजावट, सांस्कृतिक कार्यक्रम, भजनकीर्तन लगायतका तयारीहरू भइरहेको आयोजक समितिले जानकारी दिएको छ ।
शुक्रबार एक भव्य कलश शोभा यात्रा आयोजना गरिएको थियो। शोभा यात्रामा स्थानीय महिलाहरू परम्परागत पोशाकमा कलश बोकी सहभागी भएका थिए। साथै, विभिन्न सांस्कृतिक झाँकी र बाजागाजा सहितको शोभा यात्रा गाउँ परिक्रमा गरेको थियो । यो पर्व यस गाउँमा ७५ वर्ष भन्दा पनि बढी समयदेखि मनाईरहेको बुझिएको छ । यो पर्व यस वर्ष साउनको ३०,३१ भाद्र १ गते सम्म मनाई समापन हुने छ ।