" >
स्थानिय व्यवसायको प्रबद्र्धन गर - Jaleshwortoday

स्थानिय व्यवसायको प्रबद्र्धन गर

 ४ भाद्र २०८२, बुधबार ००:०५  
Jaleshwor Today Editorial

नेपालमा अहिले तीन तहको सरकार रहेको छ । जसमा संघीय सरकार,प्रदेश सरकार तथा स्थानिय सरकार रहेका छन् । अहिले जम्मा ७ सय ५३ वटा पालिकाहरु मध्ये ६ वटा महानगरपालिका,११ वटा उपमहानगरपालिका,२ सय ७६ वटा नगरपालिका तथा ४ सय ६० वटा गाउँपालिकाहरु रहेका छन् ।
स्थानिय स्तरमा पालिका भित्र विभिन्न व्यवसायीहरु निजी तबरबाट आ—आफ्ना व्यवसाय सम्बन्धीत निकायबाट दर्ता लिई संचालनमा रहेका हुन्छन् । तिनीहरुको स्थानिय विकासमा स्थानिय जनतादेखि स्थानिय सरोकारबाला निकायहरुकै प्रमुख भूमिका रहेको हुन्छ । त्यसकारण स्थानिय पालिका तथा स्थानिय सरोकारबाला निकायहरुले स्थानिय व्यवसायको प्रबद्र्धन तथा विकासमा अग्रणी भूमिका खेल्न आवश्यक रहेको देखिन्छ । साथै स्थानिय संघसंगठन तथा व्यवसायको प्रबद्र्धन तथा विकास विना स्थानिय समग्र क्षेत्रको विकासको परिकल्पना समेत गर्न सकिदैन । स्थानिय स्रोत साधनहरुको समेत स्थानिय तबरबाटै सदुपयोग हुन आवश्यक देखिन्छ । स्थानिय पर्यटनलाई समेत प्रबद्र्धन तथा विकास गर्नमा स्थानिय सरकार तथा अन्य सरोकारबालाहरुले पहल गर्न आवश्यक रहेको देखिन्छ । तर कतिपय अवस्थामा स्थानिय स्रोत साधनहरुका उपलब्धता भए पनि स्थानिय सरकार तथा सम्बन्धीत निकायले बाह्य स्रोत साधनहरुमाथि भर परी स्थानिय व्यवसाय तथा स्रोत साधनहरुलाई अप्रत्यक्ष रुपमा निरुत्साहित गरेका हुन्छन् जसले गर्दा स्थानिय विकास नकारात्मक रुपमा प्रभावित हुन्छन् । त्यसकारण स्थानिय विकासमा सबैको ध्यान केन्द्रीत हुन आवश्यक देखिन्छ ।