आरजे इर्शाद शेख
महोत्तरी, १३ भाद्र
दलित समाज उत्थान समिति नेपालको आयोजनामा तथा World Vision International Nepal को आर्थिक सहयोग र एकडारा गाउँपालिकाको सहकार्यमा “बालमैत्री स्थानीय शासनको सुचक स्थानीयकरण” कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रमको उद्देश्य बालमैत्री स्थानीय शासनका सूचकहरूलाई स्थानीय आवश्यकता अनुसार अनुकूलित गरी मापन योग्य बनाउनु तथा बालमैत्री संरचना विकासमा स्थानीय तहको संलग्नता सुनिश्चित गर्नु रहेको आयोजकहरूले जनाएका छन्।
बालमैत्री शासन विज्ञ अशोक खनालले सूचक स्थानीयकरणको खाका प्रस्तुत गर्दै आवश्यक संशोधनसहित कार्यपालिकाबाट पारित गर्ने तयारी गरिएको जानकारी गराए।
कार्यक्रममा गाउँपालिका अध्यक्ष दीप नारायण मण्डल, प्रमुख प्रशासकीय अधिकृत रामजी जोशी, विभिन्न शाखा प्रमुखहरू, वडा अध्यक्ष तथा सदस्यहरूको उल्लेखनीय उपस्थिति थियो। साथै, बाल क्लब प्रतिनिधि, शिक्षक, महिला स्वास्थ्य स्वयंसेविका, प्रहरी प्रतिनिधि, धार्मिक अगुवा, पत्रकार लगायत स्थानीय सरोकारवालाको सहभागिता रहेको थियो।
संस्थाका तर्फबाट Quality Control Officer फिरोज चौधरी, Social Mobilizers सुमन सौरभ र मधेवेन्द्र ठाकुर पनि कार्यक्रममा सहभागी थिए।
कार्यक्रममार्फत बाल संरक्षण, समावेशी सहभागिता र बालमैत्री वातावरण प्रवर्द्धनमा स्थानीय तहको भूमिकालाई अझ सशक्त बनाउने विषयमा जोड दिइयो ।
