जनकपुरमा दुई समुदाय बीच झडप हुँदा ११ सेल अश्रुग्यास प्रहार – Jaleshwortoday

जनकपुरमा दुई समुदाय बीच झडप हुँदा ११ सेल अश्रुग्यास प्रहार

 August 30, 2025  
7

जलेश्वरटुडे समाचारदाता
जनकपुरधाम, १४ भाद्र

जनकपुरधाम उपमहानगरपालिका २० देवरारुपैठामा दुई समुदाय बीच झडप हुँदा दुईजना घाइते भएका छन् । प्रहरीले स्थिति नियन्त्रणमा लिन ११ सेल अश्रु ग्यास प्रहार गरेको छ ।
झडपमा एकजना प्रहरी र एकजना सर्वसाधारण सामान्य घाइते भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रवक्ता डीएसपी बरुण बहादुर सिंहले बताए ।
उनका अनुसार स्थिति नियन्त्रणमा लिन नेपाल प्रहरीले ९ र सशस्त्र प्रहरीले दुई सेल अश्रुग्यास प्रहार गरेका छन् ।हिन्दू समुदायले गणेश पूजाको मूर्ति विसर्जन गर्न लैजाने बेला झन्डा चोकमा मुस्लिम सुमुदायसँग झडप भएको थियो ।प्रहरीका अनुसार झन्डाचोकमा गाडिएको टावरलाइट पोलमा बाँधिएको दुईवटा हरियो झण्डा हटाउने विषयमा विवाद भएको थियो । त्यसले दुई समुदायबीच झडपको रुप लिएको थियो । मूर्ति विसर्जन गरिए पनि झन्डाचोकमा केहि बेरसम्म तनावग्रस्त थियो । बाक्लो मात्रामा प्रहरी परिचालन गरिए पछि परिस्थिति सामान्य भएको बताइएको छ ।