विद्यालय शिक्षा विधेयकमा हुन लागेको निजी विद्यालय विरुद्ध संशोधनको प्रस्तावको परिणामस्वरुप अहिले नीजि विद्यालयहरु आन्दोलित भएका छन् भने भाद्र १८ गतेसम्म विधेयक फिर्ता नलिए देश भरीकै नीजि विद्यालयहरु बन्द गर्ने चेतावनी नीजि विद्यालयका संगठन प्याब्सन,एनप्याब्सन,हिसान तथा अपेनले सँयुक्त रुपमा दिएका छन् ।
शिक्षा विधेयकमा निजी विद्यालयका माँगहरु अन्तर्गत पूर्ण छात्रबृत्ति शब्द हटाउनुपर्ने,पोशाक,शैक्षिक सामाग्री,खाजा उपलब्ध गराउनुपर्ने प्रावधान खारेजी गर्नुपर्ने,कम्पनी ऐनका विद्यालय गैर नाफामूलक बनाउदै लैजाने शब्द हटाउनुपर्ने,छात्रबृत्तिको अधिकार विद्यालयलाई,पालिकासहितको पारदर्शी समिति हुनुपर्ने तथा सामुदायिक विद्यालय पढेकाले मात्र उच्च शिक्षामा छात्रबृत्ति पाउने व्यवस्था खारेजी गर्नुपर्ने माँगहरु रहेका छन् ।
निजी विद्यालयहरु नगर,जिल्ला तथा केन्द्र स्तरमा विभिन्न शान्तिपूर्ण विरोधका कार्यक्रमहरु गर्दै आएका छन् तर यस सम्बन्धमा अहिलेसम्म निजी विद्यालयमूखि निर्णय नेपाल सरकारले नगरेकोले निजी विद्यालय बन्द हुने सम्भावना प्रबल देखिन्छ । नेपाल सरकार तथा शिक्षा मन्त्रालयले शिक्षा जस्तो संबेदनशील विषयलाई गम्भीरतापूर्वक लिई असन्तुष्ट पक्षलाई बार्ता तथा छलफलबाट समाधान गर्न जरुरी रहेको देखिन्छ । बन्द हडतालले शिक्षाको स्तर झन खस्किदै जान्छ जसको प्रभाव समग्र देशमा पर्न जान्छ । निजी र सरकारीको स्वार्थबाट बाहिर निस्की सबैको हित हुने निर्णय लिन जरुरी छ ।
