जलेश्वरटुडे समाचारदाता
जनकपुरधाम, २४ कार्तिक
सरकारले सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले मधेश प्रदेश प्रमुखमा अर्थशास्त्री प्रा.डा.सुरेन्द्र लाभको नाम राष्ट्रपति समक्ष सिफारिस गरेको छ ।
सरकारले मधेश प्रदेश प्रमुखमा अर्थशास्त्री प्रा.डा.सुरेन्द्र लाभ ‘कर्ण’को नाम सिफारिस गरेको छ ।
सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले सुरेन्द्र लाभलाई नियुक्तिका लागि राष्ट्रपति समक्ष सिफारिस गरेको हो । उनी अर्थशास्त्रको प्राध्यापक हुन्। त्रिभुवन विश्वविद्यालय अन्तर्गत जनकपुरमा २०३६ सालदेखि २०७२ सालसम्म अध्यापन गराए । त्यसपछि राष्ट्रिय योजना आयोगमा सन् २०२२–२३ सम्म सदस्यको रुपमा काम गरे।
मैथिलि साहित्यमा निरन्तर कलम चलाउँदै आएका उनको नेपाली तथा हिन्दी साहित्यमा पनि थुप्रै लेख रचना प्रकाशित छन् ।
