जलेश्वरटुडे समाचारदाता
महोत्तरी, २४ कार्तिक
राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत श्री राम माध्यमिक विद्यालयमा निर्माण भएको ४ कोठे पक्की भवनको समुद्घाटन नगर प्रमुख हरि प्रसाद मंडलद्वारा सु–सम्पन्न भएको छ ।
राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गतको रु. ४५ लाख र मधेश प्रदेश सरकारको विशेष अनुदान तर्फको रु. १८ लाख गरी जम्मा रकम रु. ६३ लाखको लागतमा उक्त ४ कोठे पक्की भवन निर्माण गरिएको कुरा प्राविधिक दिनेश साहले बताउनुभयो । भवन समुद्घाटन कार्यक्रममा जिल्ला समन्वय समिति महोत्तरीका सदस्य राम लखन पंजियार, मटिहानी नगरपालिका वड़ा नं.६, ७ र ८का वड़ा अध्यक्ष क्रमशः कलीम अंसारी, जितनारायन माझी र रितेश साह, कार्यपालिका सदस्यहरु, वड़ा नं ८ का पूर्व वड़ा अध्यक्ष गणेश प्रसाद साह, लोसपा नेपालका श्याम कुमार मंडल, नेपाली कांग्रेसका बैजनाथ मंडल, ने.क. पा. एमालेका जुगेश्वर खÞतवे, ने.क. पा. माओवादीका राजकिशोर मंडल, उमाशंकर साह, महोत्तरी उद्योग वाणिज्य संघका नि.अध्यक्ष मोहन गुप्ता, उपाध्यक्ष पवन कुमार साह, राजकीय संस्कृत माध्यमिक विद्यालयका प्र.अ. ईश्वरी पौडेलज्यू, श्री राम मा.वि. मटिहानीका प्र.अ. श्रीश कुमार मिश्र, समाजसेवी बिन्देश्वर नायक, पूर्व कर्मचारी राम नारायण सहनी, बरुण मंडल, कैलाश ठाकुर, पूर्व शिक्षक राजेश्वर मंडल, बिश्वनाथ यादवज्यु, ब्यबसायी महेश साह, शिक्षक शिक्षिका, विद्यार्थी लगायत स्थानीयहरुको उपस्थिति रहेको थियो ।
