मधेशका अघिल्ला चार मुख्यमन्त्रीले छुट्टाछुट्टै चार स्थानमा लिएका थिए शपथ, छैन कानुनी बाध्यता - Jaleshwortoday

Is there a crypto casino in cheyenne vancouver

  1. 7 Card Blackjack Ireland: Although Temple Nile is a relatively easy site to navigate, you might find that you come across a problem from time to time.
  2. Largest Slot Jackpot Online - It is powered by Rival, Betsoft, RTG and Makitone.
  3. National Casino No Deposit Bonus 100 Free Spins: Zeus flings lightning and every hit increases the number of spins.

Legal online poker Gold Coast

Free Game Bingo New Zealand
Ultimately, your gambling winnings are considered windfalls and are therefore exempt from any income tax.
Minimum 5 Deposit Casino
Completing a casino verification check is easy, all youre required to do is submit copies of several documents which provide proof of your identity, address, and source of funds for gambling.
The highest regular symbol payout is 20x your stake, awarded for five images of the gold ring.

And crypto casino internet

Drio Casino Bonus Codes 2025
This is a long way from happening, at least on a regulated level.
Royspins Casino 100 Free Spins Bonus 2025
TTR Casino has stolen the show with an eye-catching bouquet of bonuses, including.
Best Konami Casinos

मधेशका अघिल्ला चार मुख्यमन्त्रीले छुट्टाछुट्टै चार स्थानमा लिएका थिए शपथ, छैन कानुनी बाध्यता

 १ मंसिर २०८२, आईतवार २०:५४  
2

जलेश्वरटुडे समाचारदाता
जनकपुरधाम, ३० कार्तिक

मधेश प्रदेशका अघिल्ला चार मुख्यमन्त्रीले छुट्टाछुट्टै चार स्थानमा शपथ लिइएको पाइएको छ । अघिल्ला मुख्यमन्त्रीहरु जनता समाजवादी पार्टी नेपालबाट लालबाबु राउत, जसपाबाटै सरोजकुमार यादव, जनमत पार्टी सतिशकुमार सिंह र लोकतान्त्रिक समाजवादी पार्टीबाट जितेन्द्रप्रसाद सोनार(सोनल)ले छुट्टाछुट्टै चार स्थानमा शपथ लिइएको खुलेको हो ।

वर्तमान राजनीतिक परिस्थितीमा मुख्यमन्त्रीमा नियुक्त नेकपा एमालेका संसदीय दलका नेता सरोजकुमार यादवले महोत्तरीको एक होटलमा शपथ लिएको भन्दै आलोचना भएपछि खोजीनीति सुरु भएको हो । लाल बाबू राउतले चुरोट फैक्ट्री भित्रको खेल मैदानमा, जसपाका सरोज कुमार यादवले मधेश प्रदेश भवन मुख्यमन्त्री कार्यालयको चौरमा, सतिश कुमार सिंहले चुरोट फैक्ट्री भित्रको कवड हलमा र जितेन्द्र प्रसाद सोनार(सोनल)ले प्रदेश प्रमुखको निवासमा शपथ लिइएको विषय चर्चामा आएको हो ।

गत कार्तिक २३ गते निवर्तमान प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले नेपालको संविधान २०७२ को धारा १६८ को उपधारा ३ बमोजिम ठुलो दलको नेताको हैसियतमा नेकपा एमालेका संसदीय दलका नेता यादवलाई मुख्यमन्त्रीमा नियुक्त गरेकी थिइन् ।

मुख्यमन्त्रीमा यादवलाई नियुक्त गरेपनि प्रदेश प्रमुखको कार्यालयमा शपथ गराउने वातावरण नभएपछि महोत्तरीको बर्दिबासस्थित एक होटलमा प्रदेश प्रमुख भण्डारीले मुख्यमन्त्रीको शपथ खुवाएका थिए । बाध्यात्मक परिस्थितीमा होटलमा शपथ ग्रहण गर्नुपरेको मुख्यमन्त्री यादवले बताउँदै आएका छन् । आन्दोलनरत पक्षसँग मुडभेड नहोस् भनेरै आफूले संयमता अपनाएको उनको दावी छ ।

‘मेरो नियुक्ती आईतबारै राति भइसकेको थियो । तर, आन्दोलनले गर्दा त्यहाँ शपथ खुवाउने वातावरण थिएन । त्यस राति अचानक प्रदेश प्रमुखज्यू बिरामी हुनुभयो । उहाँ बिरामी भएर काठमाडौं जान लाग्ने बेलामा शपथ खुवाएर जानु भएन भने मै घेर्छु भनिसकेपछि उहाँले बर्दिबास आउनुस् यहाँ ममाथि कुटपिट होला भन्नु भयो,’ मुख्यमन्त्री यादव भन्छन् ‘त्यस्तो अवस्थामा मैले होटलमा शपथ खानु अपराध हो त ? मैले यहाँ विवाद गर्न नखोज्नु मेरो कमजोरी हो ? विस्तारै वातावरण सहज बन्दै जान्छ भनेर मैलो त्यसो गर्न नखोजेको न हो ।’

मुख्यमन्त्रीले फलानो ठाउँमै शपथ खानु पर्ने कानुनी बाध्यता नरहेको कानुनविद्हरु बताउँछन् । नेपालको संविधान २०७२ को धारा १७२ मा मुख्यमन्त्री र मन्त्रीले प्रदेश प्रमुख समक्ष तथा राज्यमन्त्री र सहायक मन्त्रीले मुख्यमन्त्री समक्ष आफ्नो कार्यभार सम्हाल्नु अघि प्रदेश कानून बमोजिम पद तथा गोपनीयताको शपथ लिनु पर्ने व्यवस्था छ । तर कहाँ (कुन स्थान÷भवन) भन्ने कुरा संविधानले बाध्य बनाएको नबनाएको एक अधिवक्ताले बताए । उनका अनुसार होटलमा, चौरमा वा कार्यालयमा यदि प्रदेश प्रमुख उपस्थित छन् भने सपथ प्रक्रियागत रूपमा सम्भव छ ।

नेपालको संविधान २०७२ को धारा १६८ को उपधारा २ बमोजिम नियुक्त भएका मुख्यमन्त्रीले विश्वासको मत लिन असफल भएपछि उपधारा ३ बमोजिम मुख्यमन्त्री नियुक्त गरिनु स्वभाविक र संवैधानिक भएको ती अधिवक्ताले जिकिर गरे । त्यसैको झोकमा शपथको विवाद झिकेको उनले टिप्पणी गरे ।