आरजे इर्शाद शेख
महोत्तरी, २४ मंसिर
जलेश्वर नगरपालिकामा कार्यरत सफाईकर्मीहरूले सात महिनादेखि तलब नपाएको भन्दै आज नगरपालिका कार्यालय अगाडि विरोध प्रदर्शन गरेका छन् ।
नियमित रूपमा काम गर्दै आए पनि पारिश्रमिक नपाउँदा घर खर्च चलाउन समेत कठीन भएको उनीहरूको गुनासो छ ।
सफाईकर्मीहरूले नगरपालिका प्रशासनले पटक–पटक माग गर्दा पनि तलब रोकि राखेको आरोप मात्र लगाएनन्, उनीहरूले अझै ठूलो समस्या उठाउँदै भने—“हामीहरुलाई अहिलेसम्म नियुक्तिपत्र पनि दिएको छैन, तर दैनिक काम भने गराए कै छ ।”विरोधमा सहभागी श्रमिकहरूले तत्काल रोकिएका बक्यौता तलब भुक्तानी, नियुक्ति पत्र प्रदान गर्ने व्यवस्था र भविष्यमा नियमित रूपमा पारिश्रमिक उपलब्ध गराउने स्पष्ट प्रणाली बनाउन नगरपालिकालाई माग गरेका छन् । उनीहरूले चेतावनी दिँदै भने— “समस्या समाधान नभए आन्दोलनको रूप फेरिनेछ ।”
यता जलेश्वर नगरपालिकाको तर्फबाट आन्दोलनरत सरसफाईकर्मीहरुलाई बसाएर समस्या बारे पहले गरिने बुझिएको छ ।
