आरजे इर्शाद शेख
महोत्तरी, २४ मंसिर
महिला पुनस्र्थापना केन्द्र ओरेक मधेश प्रदेशले महिला हिंसाको अर्धवार्षिक घटनाको तथ्यांक सर्वजनिक गरेको छ । ओरेक मधेश प्रदेशका संयोजक विणा कुमारी सिँहले जारी गर्नुभएको छ । मधेश प्रदेश अन्र्तग धनुषा, महोत्तरी र सर्लाही जिल्लामा अप्रिल देखि सेप्टेम्बर २०२५ सम्म भएका हिंसात्मक घटनाहरुको अभिलेखीकरण गरी अर्धवार्षिक तथ्याङ्कका साथ प्रेश विज्ञप्ति प्रकाशन गरेको छ ।
महिनामा मधेश प्रदेशको धनुषा, महोत्तरी, सर्लाही, बारा, रौतहट, सिरहा र सप्तरी जिल्लाबाट लैङ्गिक हिंसा सम्बन्धी कुल १४१ वटा घट्ना अभिलेखीकरण गरिएको छ । संस्थामा प्रत्यक्ष आएका महिला हिंसाका घट्ना तथा पत्रपत्रिकामा प्रकाशित घट्नाहरुलाई संकलन गरी यस अंकमा प्रकाशन गरिएको छ ।
यस अवधिमा सबै भन्दा बढी ८४ वटा घरेलु हिंसाको घट्ना अभिलेखीकरण गरिएको छ । त्यसै गरी समाजिक हिंसाका २४ वटा, यौन हिंसाको २० वटा र अन्य १३ वटा हिंसाका घट्ना अभिलेखकरण गरिएको छ । नेपाल सरकार र गैर–सरकारी निकायहरूले दाइजो प्रथाबारे कानुनी सचेतना विस्तार, विद्यालय तथा समुदायमा लैङ्गिक समानता शिक्षा सुदृढीकरण, र स्थानीय तहमा महिला सशक्तिकरण तथा आर्थिक आत्मनिर्भरता कार्यक्रमहरूमा जोड दिनु अत्यावश्यक छ ।
यस्ता उपायहरूले परम्परागत सोच परिवर्तन गर्न, दाइजोको माग वा स्वीकृतिलाई सामाजिक रूपमा अस्वीकार्य बनाउन, र दीर्घकालीन रूपमा महिला माथिको हिंसा न्यूनीकरण गर्न महत्वपूर्ण भूमिका खेल्नेछ ।

