नेपाल—भारत वीचको धार्मिक एवं सामाजिक सम्बन्ध त्रेतायुगदेखि नै चलिआइरहेको छः महावाणिज्यदूत मिना – Jaleshwortoday

नेपाल—भारत वीचको धार्मिक एवं सामाजिक सम्बन्ध त्रेतायुगदेखि नै चलिआइरहेको छः महावाणिज्यदूत मिना

 December 11, 2025  
11e6cbf2-9f7c-4a80-b2b9-094974a1b875

पवनकुमार साह
जनकपुरधाम, २४ मंसिर

597734941_3305101206313555_5620657129953422081_n

भारतको महावाणिज्य दूतावासको आयोजनामा जनकपुरधाममा बुधवार प्रस्तुत गरिएको ओडिसी नृत्य कार्यक्रमको सम्बोधन गर्दै विरगंज महावाणिज्यदूत देवी सहाय मिनाले नेपाल—भारत वीचको धार्मिक एवं सामाजिक सम्बन्ध त्रेतायुगदेखि नै चलिआइरहेको बताएका छन् ।

22
सन्ध्या कुञ्जन मेनन दास नेतृत्वको समूहको शास्त्रीय नृत्यमा सानवी सरो राजकर्थिक,व्यका पि.नैर,आइना अन्ना,पुण्य प्रशान्त तथा हगिश पि.परमवाथ कलाकारहरुको सहभागिता रहेको थियो ।
यस शास्त्रीय नृत्यको प्रदर्शनले नेपाल–भारत बीचको कला, संस्कृति र धार्मिक सम्बन्धलाई अझै प्रगाढ बनाउने प्रयास गरिएको थियो ।

596407552_3305101329646876_5832122804651390577_n
कार्यक्रममा भारतीय महावाणिज्यदूत मिनाले दर्शकहरूलाई स्वागत गर्दै दुई देश बीचको धार्मिक तथा सांस्कृतिक परम्परागत सम्बन्धलाई झन् प्रगाढ बनाइरहेको बताएका थिए् । वहाँले मन्तब्यको क्रममा युनेस्कोले हिन्दुहरुले मनाउने दीपावलीलाई विश्व साँस्कृतिक सम्पदामा समावेश गरेको जानकारी समेत गराउनुभयो ।

596683979_1601472744617422_5769477483261948350_n
कार्यक्रमका प्रमुख अतिथि जनकपुरधाम उपमहानगरपालिकाका मेयर मनोज कुमार साहले महावाणिज्यदूत मिनालाई जनकपुरधाममा पुन ः स्वागत गर्दै ५ हजार वर्ष पूर्वको त्रेतायुग कालिन अवध र मिथिलाको सम्बन्ध अहिलेसम्म प्रगाढ रहनुको साथै बेटीरोटीको सम्बन्धको बाबजुद भाषा,संस्कृति,शिक्षा,स्वास्थ्य सहित हरेक क्षेत्रमा भइरहेको सहयोगको उच्च प्रशंसा गर्दै कार्यक्रमको सफलताको कामना गर्नु भएको थियो ।

598683965_1915116552716877_3782438254929732169_n
मैथिली विकास कोषको अध्यक्ष जिवनाथ चौधरीले समेत शुभकामना मन्तब्य दिदै भारतीय महावाणिज्यदूतावास वीरगंजको साँस्कृतिक कार्यक्रम यस सभाहलमा गर्न पाउदा मैथिली विकास कोष ज्यादै नै गौरबान्वित भएको बताए ।
साथै वहाले यो साँस्कृतिक कार्यक्रम नेपाल भारतलाई जोडने महान कार्य गरेको बतानुभयो । करिब डेढ घण्टा लामो कार्यक्रम रामायणकालीन प्रसंग, गोपी–कृष्ण लिला,वृद्ध चरित्र तथा बन्दे मातरम बोलको नृत्य समेत समेटेर पाँच जना कलाकारहरूले जीवन्त रूपमा शास्त्रीय नृत्य प्रस्तुत गरेका थिए ।

597170036_2728590690866158_7328837234036871255_n
ओडिशा राज्यमा जन्मिएको ओडिसी नृत्य प्राचीन देवदासी परम्परादेखि विकसित भएको शास्त्रीय शैली रहेको बताइन्छ । महावाणिज्यदूत मिनाका अनुसार यसको इतिहास करिब दुई हजार वर्ष पुरानो रहेको र उदयगिरि–खण्डगिरि गुफामा भेटिने मूर्तिहरू यसको प्रारम्भिक प्रमाणका रूपमा रहेका छन् । भगवान् जगन्नाथ मन्दिरका महारी अथवा देवदासीहरूले प्रस्तुत गर्ने नृत्यरूप नै आधुनिक ओडिसीको मूल आधार हो ।

598418859_3305103492979993_2691298520689115659_n
ओडिसीको प्रमुख पहिचान त्रिभंगी मुद्रा, चौक भंगिमा, सुन्दर हस्तमुद्रा र आँखाको सजीव अभिनयमा निहित हुन्छ । कृष्ण–राधाका लीला, देवी–देवताको कथा र भक्ति–भावनालाई केन्द्रमा राखी प्रस्तुत गरिने यो नृत्य शैली कोमलता, राग–लय र सौन्दर्यका कारण विशिष्ट मानिन्छ । पारम्परिक साडी, सुनौलो आभूषण, घुँघरु र ‘तहीया’ नामक विशेष मुकुटले कलाकारहरूको भेषभूषालाई झनै आकर्षक बनाएको थियो ।

596506903_3305104059646603_8951770767130096180_n
नृत्य सिकाइ मंगलाचारण, बटु, पल्लवी, अभिनय र मोक्षजस्ता चरणमा विभाजित हुने बताइन्छ । कार्यक्रममा राजर्षि विश्वविद्यालयको उपकुलपति मोहन प्रसाद यादव,मधेस प्रज्ञा प्रतिष्ठानको अध्यक्ष रामभरोस कापडी भ्रमर,धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद लुइँटेल, एसपि,डिआईजी, नेपाल भारत मैत्री संघको मधेस प्रदेश अध्यक्ष लवराजा प्रसाद सिंह,मडिया काउन्सिलको अध्यक्ष सुरेश यादव,विरगंज महावाणिज्यदूताबासका विभिन्न अधिकारी तथा राजनीतिक दलका प्रतिनिधिहरू,प्याब्सन ,एनप्याब्सन तथा मधेस प्याब्सनका प्रतिनिधिहरु,कलाकार,संगीतप्रेमी,शिक्षक,शिक्षिका, विद्यार्थी,पत्रकार तथा सुरक्षाकर्मीको बाक्लो उपस्थिति रहेको थियो ।

598040549_3305104502979892_5763953249028896483_n