सीतामढीको सुरसण्डमा नाइट सुपर कोच बस र ट्रक ठोकिएर २ जनाको मृत्यु – Jaleshwortoday

सीतामढीको सुरसण्डमा नाइट सुपर कोच बस र ट्रक ठोकिएर २ जनाको मृत्यु

 December 11, 2025  
1

आरजे इर्शाद शेख
महोत्तरी, २५ मंसिर

सीतामढी जिल्लाको सुरसण्ड थाना अन्तर्गत एनएच–२२७ रामबाग क्षेत्रमा नाइट सुपर कोच बस र ट्रक बीच भएको भीषण दुर्घटनामा दुबै सवारी साधनका चालकहरूको घटनास्थलमै मृत्यु भएको छ।

दुर्घटना भएको सूचना पाएपछि सुरसण्ड थाना प्रहरी टोली घटनास्थलमा पुगेको छ र घाइतेहरूलाई तत्काल उपचारका लागि पीएचसी सुरसण्ड पठाइएको छ।
मृतकमध्ये एक ट्रक चालक तथा अर्को बस चालक रहेको प्रारम्भिक जानकारी आएको छ।

प्रहरीका अनुसार घाइते यात्रुहरूका परिचय खुलाउने कार्य जारी छ।
दुर्घटनाको थप विवरण आउन बाँकी रहेको छ।