रइस आजाद
रौतहट, २८ मंसिर
रौतहट जिल्ला परोहा नगरपालिका वाड नं ०९ रामपुर खाप मा रहेको छोटी भन्सार कार्यालय खुलाउन सिमाना संघर्ष समिति को अध्यक्ष श्री हाँजि शेख तजमुल हक (पूर्व शिक्षक)ले अनिश्चित काल आमरण अनसन बसेका छन् ।
उक्त आमरण अनसन मा भोली बिहान बाट पूर्व गाविस उपप्रधान श्री जगत लाल यादव र समाजसेवी साहेब शाह कानु बस्ने कार्य रहेको छ। करोना काल देखि रामपुर खाप सिमा बाट चारपाङ्ग्रे सवारी साधन आवत जावत पूर्ण रुपमा बन्द गरेका थिए । उक्त समय मा स्थानिय सशस्त्र प्रहरी बल को वि ओ पि रामपुर खापले बन्द गरेका थिए तर करोना को महामारी सकिए पनि आज सम्म सीमा नाका खोल्न आनाकानी गरिँदै आएको रहेछ। तर सिमावर्ती गाउँ टोलहरु को शादी विवाह,काज–क्रिया, उपचार गराउन, घरायसी कामकाज को लागि किनबेच गर्न समस्या उत्पन्न भएको छ ।
विगत वर्ष मा पनि आमरण अनसन बसे का थिए तर उक्त आमरण अनसन तत्कालीन समयको जिल्ला प्रशासन कार्यालय प्रमुख, जिल्ला प्रहरी कार्यालय को साहेक प्रमुख र सशस्त्र प्रहरी बल को प्रमुख ज्यू को विशेष मौखिक रूप आग्रह÷आश्वासन आमरण अनसन तोडिएको थिए। उक्त आश्वासन दिएको करिब एक वर्ष बित्यो तर हालसम्म केही चासो नदिएकोले फेरि त्यही स्थान खाप छोटी भन्सार को प्राङ्गण मा आमरण अनसन बसेका छन्। आज को आमरण अनसन बेलुका ३बजे देखि नै बसे को रहेछ तर सरोकारवलाहरुबाट केही चासो नदिएकोले आम जनताहरु व्यापक रूपमा गुनासो गरेका छन्। तर सरोकारवाला निकायहरु समय मा ध्यान नदिए मानवी क्षति पनि हुन सक्छ यस को सम्पूर्ण जिम्मा जिल्ला प्रशासन कार्यालय को प्रमुखले लिनु पर्छ सिमाना संघर्ष समिति द्वारा जानकारी दिनु भएको छ ।
