दस बिघामा ३० हजार गाँजाको बिरुवा नष्ट – Jaleshwortoday

दस बिघामा ३० हजार गाँजाको बिरुवा नष्ट

 December 20, 2025  
4

आरजे इर्शाद शेख

महोत्तरी, ५ पौष

महोत्तरीको बर्दिबास नगरपालिका- १० स्थित पुर्व खोला, पिपल खड्क,चुरेदोभान र सात दिने टोलमा लुकाइछिपाई रोपिएका ३० हजार गाँजाको बिरुवा प्रहरीले नष्ट गरेको छ ।

जिल्ला प्रहरी कार्यालय महोत्तरी र इलाका प्रहरी कार्यालय बर्दिबासबाट शुक्रबार खटिएको संयुक्त टोलीले करिब दस बिघा क्षेत्रफलमा लगाइएका ती बिरुवा फँडानी गरेको हो।

जिल्ला प्रहरी कार्यालयका प्रबक्ता समेत रहेका डिएसपी शैलेन्द्र भट्टले सो स्थानमा लुकाइछिपाई गाँजा खेती गरिएको भन्ने सूचनाका आधारमा ४२ जनाको प्रहरी टोली खटिएर गाँजा उखेलेर नष्ट गरेको जानकारी दिए।