ज्येष्ठ नागरिकसँग सम्बन्धीत समस्याहरुको सम्बोधन हुन आवश्यक रहेको देखिन्छ । ज्येष्ठ नागरिकको अवस्थाबारे मात्र उनीहरूलाई अध्ययन गराएर त्यो अध्ययनले हाम्रो समाजले चाहेको सकारात्मक परिवर्तन ल्याउन नसक्ने रहेको देखिन्छ । ज्येष्ठ नागरिकको अवस्थाबारे तथा सम्बन्धमा मात्र सीमित नरही अनुसन्धान गरेर आएका सत्य कारणहरू अध्ययन गराउनु पर्छ । हाम्रो समाजमा शिक्षित व्यक्तिहरूले पनि आफ्नो विभिन्न परिस्थिति देखाएर वृद्धवृद्धालाई हेरचाह केन्द्रमा राख्ने गरेको पाइन्छन । हाम्रा पुर्खाहरूको इतिहासमा हेर्ने हो भने आफ्ना बाबुआमाको सम्पूर्ण रेखदेख गर्ने जिम्मा आफ्नै सन्तानले लिएको देखिन्छ । वर्तमान अवस्थामा विकास र प्रविधिले धेरै सुविधा ल्याएको देखिन्छ । साथै केही नराम्रा पक्ष पनि रहेको देखिन्छ ।
प्रतिकूल परिरिस्थिति देखाएर वृद्ध आमाबालाई जन्मसिद्ध अधिकारबाट बञ्चित गर्नुहुँदैन । साँच्चै भन्ने हो भने ज्येष्ठ नागरिकको पाटोलाई ओझेलमा पारिएको देखिन्छ । वास्तवमा भन्ने हो भने राष्ट्रिय ज्येष्ठ नागरिक दिवस ज्येष्ठ नागरिकका समस्या, विभिन्न खाले विभेदबारे सम्वन्धीत ठाउँसम्म पु¥याउने लगायत समाधानका उपायबारे प्रस्ट हुने महत्वपूर्ण दिन पनि रहेको देखिन्छ । सरकार हामी सबैको अभिभावक रहेको छ । त्यसैले राज्यले ज्येष्ठ नागरिकका समस्या सुन्नुपर्छ र सम्बोधन गर्नुपर्ने आवश्यक रहेको देखिन्छ । तिनका वास्तविक समस्य र त्यसको समधानका उपायबारे हामी प्रस्ट हुन वडा लगायत घरघरमा ज्येष्ठ नागरिकका वास्तविक समस्या के हुन् भनी प्रस्ट जानकारी लिई उहाँहरूका समस्याको सही सम्बोधन गर्नेपर्ने देखिन्छ ।
