मटिहानी नगरपालिकाको एकीकृत घुम्ती सेवा शिविर सम्पन्न – Jaleshwortoday

मटिहानी नगरपालिकाको एकीकृत घुम्ती सेवा शिविर सम्पन्न

 December 26, 2025  
2

मो. इर्शाद शेख

महोत्तरी, ११ पुस

मटिहानी नगरपालिका द्वारा आयोजित एकीकृत घुम्ती सेवा शिविर आज चौथो दिन मटिहानी नगरपालिका वडा नं. ४ मझौरामा सफलतापूर्वक सु–सम्पन्न भएको छ।

स्थानीय नागरिकलाई घरदैलोमै सरकारी सेवा उपलब्ध गराउने उद्देश्यका साथ सञ्चालन गरिएको उक्त शिविरमा नगरपालिकाका विभिन्न शाखाबाट अत्यन्त प्रभावकारी सेवा प्रवाह गरिएको थियो। शिविरप्रति स्थानीयवासीहरूको उल्लेख्य सहभागिता रहेको देखिएको थियो।

नगरपालिकाका अनुसार शिविरमार्फत स्वास्थ्य, कृषि, पशुपालन, आयुर्वेद, सामाजिक सुरक्षा, स्वास्थ्य बीमा लगायतका अत्यावश्यक सेवाहरू एकै स्थानबाट प्रदान गरिँदा सेवाग्राहीहरूलाई ठूलो राहत पुगेको छ।

शिविरमा सेवा लिने सेवाग्राहीको विवरण यस प्रकार रहेको छः

स्वास्थ्य शाखा तर्फबाट – १५३ जना

आयुर्वेद शाखा तर्फबाट – ११५ जना

पशु शाखा तर्फबाट – ४१४ जना

कृषि शाखा तर्फबाट – २८३ जना

स्वास्थ्य बीमा तर्फबाट – ७ जना

जेष्ठ नागरिक परिचयपत्र वितरण – १० जना

सामाजिक सुरक्षा तथा पञ्जिकरण शाखा तर्फबाट – ५ जना

यसरी जम्मा ७०४ जना सेवाग्राहीहरूले विभिन्न सेवा प्राप्त गरेका छन्।

नगरपालिकाले एकीकृत घुम्ती सेवा शिविरले दुर्गम तथा सेवाबाट वञ्चित वर्गलाई प्रत्यक्ष लाभ पुगेको बताउँदै आगामी दिनहरूमा पनि यस्ता जनमैत्री कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ। स्थानीय बासिन्दाहरूले शिविरको प्रशंसा गर्दै नगरपालिकालाई धन्यवादसमेत व्यक्त गरेका छन्।