नेपाल–भारत जिल्ला स्तरिय सीमा समन्वय समिति (बिडिसीसी) को बैठक चन्द्रनिगाहपुरमा सम्पन्न! - Jaleshwortoday

Free slots games online with bonus rounds

  1. Online Cryptocurrency Slots: Two round arrows trigger an automatic mode, during which the competitor can relax and enjoy the mysterious atmosphere.
  2. Free Online Slots Without Download - To start Multifruit 81 in free mode and see where its fast-paced gameplay can take you, simply click on the PLAY sign.
  3. 2025 Uk Online Casinos: Monkey wild symbols regardless of the line or payline.

Crypto Casino games ios

Free Casino Bets Australia
The way you place wagers in this game is a lot like a Texas Holdem-type game, only a bit more structured.
Online Card Game Rummy
These games are streamed from high-tech studios owned by NetEnt, Evolution Gaming, and Ezugi.
However, this delays the 888 casino withdrawal time by a few days.

Crypto Casinos billoxi

12 Free Casino
Otherwise, the software provider also makes the Vegas Strip Blackjack Gold, a special version of strip blackjack that is sure to give you a more realistic playing experience.
Best Casino Site No Charges
There are many, much safer options available, and playing at an illegitimate casino simply isnt worth it.
Numbers On A European Roulette Wheel

नेपाल–भारत जिल्ला स्तरिय सीमा समन्वय समिति (बिडिसीसी) को बैठक चन्द्रनिगाहपुरमा सम्पन्न!

 २४ पुष २०८२, बिहीबार २३:५७  
2

आरजे इर्शाद शेख
रौतहट, २४ पुस

सीमा क्षेत्रको विभिन्न नाकाहरु भएर भईरहेका अवाञ्छित गतिविधिलाई नियन्त्रण गर्ने सहित विविध पक्षहरु माथि गहन छलफल गर्न नेपाल भारतका सुरक्षा पदाधिकारीहरुको समन्वयात्मक समिक्षा बैठक रौतहटको चन्द्रनिगाहपुरमा सम्पन्न भएका छन् ।
जिल्ला प्रशासन कार्यालय रौतहटद्वारा नेपाल–भारत जिल्ला स्तरिय सीमा समन्वय समिति (बिडिसीसी) को बैठक चन्द्रनिगाहपुरमा विहिवार आयोजना गरेर सीमा वारपारबाट भईरहेका अवाञ्छित गतिविधिलाई पूर्ण रुपमा नियन्त्रण गर्नुका साथै विधि पक्षहरु माथि गहन छलफल गरिएका हुन् ।

वैठकको प्रमुख एजेण्डाहरुः
आउदो फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनलाई लक्ष्ति राखेर सीमा समन्वय बैठक राखियो । उक्त बैठकमा निर्वाचन हुनु ७२ घण्टा अगावै सीमा सील गर्ने, सीमा क्षेत्रमा अतिक्रमण हुन नदिने, सीमाक्षेत्रमा हुने अपराधिक क्रियाकलापलाई नियन्त्रण गर्न पसरपर सहयोग आदान प्रदान गर्ने, नेपाल भारत सीमा क्षेत्रको सुरक्षा व्यवस्था काय राख्ने, ड्रग्स लागुअ‍ैषधको दुबै तर्फ निगरानी राखेर नियन्त्रण गर्ने, सूचना आदान प्रदान गर्ने, सीमा सम्बन्धी वा अन्य कार्यहरु सम्बन्धी जानकारीको लागि सहज रुपमा कुरा गर्न सकिने लगायतका विविध विषय माथि गहन छलफल भएको बुझिएका छन् ।

नेपालको तर्फबाट रौतहटका प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसाल र भारत सीतामढीका डिएम रिची पाण्डेले नेतृत्व गरेका उक्त समन्वय बैठकमा लागुऔषधको अबैध ओसारपसार, अबैध हातहतियार, मदिराको ओसारपसार, संदिग्ध गतिविधिमा संलग्नहरुको सुचना एकअर्का समक्ष दिएर नियन्त्रणमा लिने र नक्कली नोटको कारोवार, सहित विभिन्न अपराधिक कार्यहरुलाई पूर्ण रुपमा नियन्त्रण गरेर सीमा क्षेत्रमा रहेका स्तम्भलाई सुरक्षित राख्न तथा सीमा क्षेत्रमा शान्ति सुव्यवस्था कायम गर्न वृहद छलफल गरी परिपालना गर्न सहमती भएको बताइएको छ ।

उक्त सीमा समन्वय बैठकमा प्रजिअ भुसाल, एसपी रबीन कार्की, सशस्त्र प्रहरीका एसपी रामहरी अधिकारी, राष्ट्रिय अनुसन्धानका उपनिर्देशक कुमार बुढाथोकी, गौर भन्सार प्रमुख विकास कुमार रजक, नापी कार्यालय गौरका प्रमुख मोहन महासेठ, डिएफओ हेमन्तप्रसाद साह, सहायक प्रजिअ जितेन्द्रकुमार यादव, डिएसपी रुपा लाबुङ, प्रस्तावित गुल्म गौरका प्रमुख डिएसपी प्रेमसागर विस्ट र सन्तपुर बेसका डिएसपी राजेन्द्रबहादुर बस्नेत रौतहटबाट सहभागी रहे ।

यस्तै सर्लाहीका प्रजिअ रामुराज कडरिया, एसपी योगेन्द्रकुमार खड्का, सशस्त्र एसपी देबबहादुर चन्द, राष्ट्रिय अनुसन्धानका संजय मण्डल, मलंगवा भन्सार प्रमुख ठाकुर प्रसाद आचार्य तथा महोत्तरीका प्रजिअ इन्द्रदेव यादव, एसपी हेराम्बा शर्मा, सशस्त्र प्रहरीका एसपी शेरबहादुर अधिकारी, राष्ट्रिय अनुसन्धानका उपनिर्देशक चन्दनकुमार झा सहितका पदाधिकारीहरुको उपस्थिति रहेका थिए ।

यसैगरी भारत सीतामढीका जिल्ला अधिकारी रिची पाण्डे सहित एसपी अमित रंजन, विरगंज महावाणिज्य दूतावासका काउँन्सुल मनिषकुमार दास, एसएसबी २० बी बटालियनका कमान्डेन्ट जिसि पाण्डे, एसएसबी ५१ बी बटालियनका कमान्डेन्ट संजिवकुमार सिंह, एडिएम सितामढी सन्दीप कुमार, एडिएम वृजकिशोर पाण्डे, एसडिएम सितामढी सदर आनन्द कुमार, एसडीएम पुपरी गौरव कुमार, डिएसपी सीतामढी महम्मद नाजिभ कन्वर सहितका विभिन्न क्षेत्रका पदाधिकारीहरुको उपस्थिति रहेको जिल्ला प्रशासन कार्यालय रौतहटका प्रशासन प्रमुख रामनरेश साहले जानकारी दिए ।