पत्रकारीताको ईतिहासमा कैयौं महिला पत्रकारहरुले आफ्नो जिम्मेबारी बहन गर्ने क्रममा ज्यान समेतको आहुति दिएका छन् जसमध्ये उमा सिंह पनि एक हुन् । सशक्त खोज पत्रकारिताको प्रतीकका रूपमा चिनिएकी पत्रकार उमा सिंहको निर्मम हत्या भएको १७ वर्ष पूरा भएको छ । २०६५ साल पुस २७ गते जनकपुरधाम उपमहा नगरपालिका–४ रजौलस्थित आफ्नै डेरामा धारिलो हतियार प्रयोग गरी उनको हत्या गरिएको थियो । उक्त घटना नेपाली पत्रकारिता इतिहासकै जघन्य अपराध मध्ये एकका रूपमा लिइन्छ । लामो कानुनी प्रक्रिया पश्चात् धनुषा जिल्ला अदालतले यो घटनालाई योजनाबद्ध हत्या ठहर गर्दै मुख्य अभियुक्तहरूलाई दोषी ठहर गरिसकेको छ । अदालतका अनुसार उमाकी भाउजू ललिता सिंहले धनको लोभमा हत्या गराएको पुष्टि भएको थियो भने ‘स्वामीजी’ भनिने उमेश यादवले ललितासँग मिलेर हत्या योजना बनाएको ठहर भएको थियो । यादवलाई अदालतले जन्मकैदको सजाय सुनाइसकेको छ ।
सिंहको १७ औं स्मृति दिवस मनाउने क्रममा यस किसिमको घट्ना कसैको घर परिवारमा नघटोस् भन्ने पाठ सिकाउँद छ । साथै महिला पत्रकारहरुले समेत आफूलाई सुरक्षित महसुस नभएको बखतमा सम्बन्धीत सुरक्षा निकाय तथा अन्य विभिन्न तरिकाले जोगिन सबै प्रयास गर्नु पर्दछ ।
पत्रकारीता क्षेत्रमा राम्रो चर्चा बटुलेकी साहसी तथा मिहिनेती महिला पत्रकार उमा सिंहलाई अन्त्यमा हार्दिक श्रद्धाञ्जलि अर्पण गर्दछौं ।
