जलेश्वरटुडे समाचारदाता
जनकपुरधाम, ८ माघ
ज्ञान गंगा ईन्टरनेशनल पब्लिक स्कुलले ९ औं वार्षिकोत्सव र बसन्त पञ्चमीको अवसरमा बिहिबार प्रभातफेरी कार्यक्रम समपन्न गरी आज ९ औं वार्षिकोत्सव तथा बसन्त पञ्चमी महापर्व मनाउने भएको छ ।
प्रभातफेरीको क्रममा हनुमाननगर चौकीको प्रहरी हबलदार संतोष चौधरी,प्र.ज.संतोष सिंह,राष्ट्रिय आवाज मिडियाको संचालक ओम प्रकास साह,पत्रकार मोनु गुप्ता तथा समाजसेवी र लेखापरिक्षक चन्द्रशेखर प्रसाद जयसबाललाई प्रधानाध्यापक प्रा.पवन कुमार साहले टीका र खाँदा ओढाई सम्मान गर्नु भएको थियो । यस अवसरमा प्रधानाध्यापक साहले शुक्रबार सम्पूर्ण अभिभावक,गुरुवर्ग,विद्यार्थी तथा अतिथिहरुलाई जनकपुरधामको पुरानो भवन कुवा र नयाँ भवन मुरली चौकमा आएर माँ शारदेको आशिर्वाद लिन र प्रसाद ग्रहण गर्न आग्रह गर्नु भएको छ ।साथै पिजी देखि युकेजीसम्म निःशुल्क नामाँकन हुने गरिने समेत जानकारी गराउनुभयो ।
