" >
ग्यालेक्सी हायर सेकेण्ड्री बोर्डिङ स्कूलको ३५ औँ वार्षिकोत्सव भव्यताका साथ सम्पन्न - Jaleshwortoday

ग्यालेक्सी हायर सेकेण्ड्री बोर्डिङ स्कूलको ३५ औँ वार्षिकोत्सव भव्यताका साथ सम्पन्न

 २ फाल्गुन २०८२, शनिबार २३:५३  
5

जलेश्वरटुडे समाचारदाता
जनकपुरधाम, २ फागुन

जनकपुरधामस्थित ग्यालेक्सी हायर सेकेण्ड्री स्कुलले ३५औँ वार्षिकोत्सव कार्यक्रम शनिबार भव्य रूपमा सम्पन्न गरेको छ ।
कार्यक्रमको औपचारीक शुरुवात प्रमुख अतिथि,कार्यक्रमको अध्यक्ष,विशिष्ट अतिथिले सँयुक्त
रुपमा दीप प्रज्जवलन गरी माता सरस्वतीको प्रतिमामा पुष्प,माला तथा अबीर अर्पण गरी गरिएको थियो ।
कार्यक्रममा प्रमुख अतिथिको रूपमा मधेस प्रदेशको सभामुख राम अशिष यादवको सहभागीता रहेको थियो । वहाँले विद्यालयले शिक्षाको गुणस्तर अभिवृद्धि तथा विद्यार्थीको समग्र विकासमा पु¥याएको योगदानको प्रशंसा गर्दै आगामी दिनमा अझ उत्कृष्ट उपलब्धि हासिल गर्ने विश्वास व्यक्त गरे। सभामुख यादवले विद्यालयमा पढाउने गुरु तथा घरमा हेरचाह गर्ने आमाबुबालाई उच्च आदर गर्नु पर्ने बताउनुभयो । कार्यक्रममा अतिथि स्वागत मन्तब्य सोही विद्यालयको लेखापाल निकी चौधरीले राख्नु भएको थियो । त्यसैगरी पूर्व प्रधानाध्यापक राजकुमार झाले समेत ग्यालेक्सी स्कुल परिवार तथा संस्थापक प्रधानाध्यापक अमरेन्द्र झाको उच्च प्रशंसा गर्दै ३५ औ वार्षिकोत्सवको अवसरमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्नुभयो । मधेस प्याब्सनको नगर अध्यक्ष प्रभास मिश्रले समेत ग्यालेक्सी परीवारलाई बधाई दिनुका साथै शुभकामना व्यक्त गर्नु भयो । मधेस प्याब्सनको जिल्ला अध्यक्ष सुजित मिश्रले ग्यालेक्सी स्कुल परिवारलाई ३५औं वार्षिकोत्सवको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्नु भयो । साथै विद्यालयमा मैथिली विषयलाई ५० अंकको भए पनि लागु गराउन अपिल गर्नु भयो । मधेस प्याब्सनको केन्द्रीय कोषाध्यक्ष रामचन्द्र पण्डीतले समेत ३५औं वार्षिकोत्सवको उच्च प्रशंसा गर्दै शुभकामना व्यक्त गर्नु भयो ।
मधेस प्याब्सनको केन्द्रीय सचिव प्रा. पवन कुमार साहले ३५ औं वार्षिकोत्सबको शुभकामना दिदै अभिभावक,विद्यार्थी,समाजसेवी सबैको उच्च प्रशंसा गर्दै भविष्यका दिनहरुमा समेत सहयोग गर्न अपिल गर्नु भयो । यति मात्र होइन कक्षा ११ र १२ समेत संचालनमा सहयोग गर्न अभिभावकसँग अपिल गर्नु भयो । सरकारी तथा नीजि शिक्षक भनेर गरिएको विभेदको अन्त्य गर्दै सरकारी शिक्षक सरह नीजि शिक्षकलाई समेत मधेस प्रदेश सरकारबाट तालिम तथा उच्च सम्मान गर्नु पर्ने जोडदार माँग गर्नु भयो । महिला नेतृ गीता साह तथा ममता पाठकले समेत आफ्ना शुभकामना मन्तब्य राख्दै शिक्षाको महत्व तथा यसको आवश्यकता बारे प्रकाश पार्नु भयो । प्रमुख अतिथि,विशिष्ट अतिथि तथा अतिथिलाई क्रमशः माला,टीका,ब्याच,दोसल्ला,खाँदा तथा मायाको चिनोले सम्मान गरिएको थियो भने मिहिनेती शिक्षकहरुलाई प्रमुख अतिथिको हातबाट प्रशंसा पत्र प्रदान गरिएको थियो । वार्षिकोत्सवका अवसरमा विभिन्न शैक्षिक, खेलकुद तथा अतिरिक्त क्रियाकलापमा उत्कृष्ट विद्यार्थीहरूलाई पुरस्कार वितरण समेत गरिएको थियो। कार्यक्रममा विभिन्न सन्देशमुलक नृत्य,गीत तथा नृत्य विद्यार्थीहरुले प्रस्तुत गरेका थिए । कार्यक्रमको अन्त्यमा कार्यक्रमको सभापति तथा विद्यालयको संस्थापक प्रधानाध्यापक अमरेन्द्र झाले कार्यक्रमलाई सभ्य तथा भव्य पार्ने उपस्थित सबैप्रति हार्दिक आभार प्रकट गर्नुभयो ।उपस्थित अभिभावकलाई विद्यालयलाई सहयोग गर्न तथा विद्यार्थीहरुलाई घरमा समेत विशेष ध्यान दिन आग्रह गर्नुभयो ।