फागुन २१ गतेको चुनाव साँच्चै देश बनाउने र देश जलाउने बीचको लडाइँ रहेको देखिन्छ । यो लडाइँ भाषण मञ्चमा होइन, मतदाताको चेतनामा लडिँदैछ । एकातिर धैर्य, विवेक र दीर्घकालीन सोच रहेकोछ; अर्कोतिर आक्रोश, अधैर्य र विध्वंसकारी प्रवृति रहेकोछ । इतिहासले देखाएको छ, देश बाह्य शत्रुको प्रहारबाट होइन, आन्तरिक अविवेकबाट कमजोर बन्दै गएको देखिन्छ । नागरिकले मतदानलाई केवल अधिकार ठानेर जिम्मेवारी बिर्सिए भने चुनाव विनाशको माध्यम बन्न सक्ने देखिन्छ । यदि मतदाता सचेत, आलोचनात्मक र मूल्यमा आधारित सोच भएका भए भने यो चुनाव नेपाललाई नयाँ दिशा दिने महत्वपूर्ण मोड बन्न सक्ने देखिन्छ । लोकतन्त्रमा जनता नै जनार्दन हुने भएकाले आउँदो निर्वाचनमा कस्तो शक्तिलाई स्थापित गर्ने भन्ने कुरा जनता कै हातमा रहेका छन । जलाउनेलाई जिताउने कि देश बनाउनेलाई निर्णय गर्नुपर्ने भएको देखिन्छ ।
