पवनकुमार साह
जनकपुरधाम, ९ फागुन
कथक गुरु हृदेव राय र सितामाता स्वरुपा कृतिले युग तथा एकल कथक नृत्य प्रस्तुत गरेर जनकपुरधामबासीको मन जितेका छन् ।
शुक्रबार मैथिली विकास कोषको आयोजनामा संचालित जनकपुरधाम साहित्य , कला तथा अन्तरास्ट्रिय नाट्य महोत्सव २०८२ को समापन कार्यक्रमको दिन कथक गुरु हृदेव राय तथा भारतको दिल्लीमा सितामाताको भूमिकामा प्रख्याति प्राप्त गरिसकेकीे आकर्षक नायिका कृतिले साँच्चिकै भगवान शंकर तथा माता पार्वतिको वीचको संवादलाई कथक नृत्यको मार्फत गरिएको युगल नृत्य मनमोहक तथा आकर्षकको केन्द्र बिन्दु बनेको थियो । कथक गुरु हृदेव रायले एकल जय जय भैरवी बोलको गीतमा एकल कथक नृत्य प्रस्तुत गर्नु भएको थियो भने आजु नाथ तथा अपन चढल शिव बसहा बोलको गीतमा अदभुत युगल कथक नृत्य प्रस्तुत गर्नु भएका थिए । कथक गुरु हुदेव राय महोत्तरी जिल्लाको जलेश्वर नगरपालिका सुगाभवानीपट्टीको जन्मभूमि भई हाल दिल्लीमा कर्मभूमि बनाउनु भएको छ भने सितामाता स्वरुपा नायिका कृति भारतको दिल्लीकी स्थायीबासिन्दा हुन् । यसरी मैथिली विकास कोषको कार्यक्रममा कथक गुरु हृदेव रायको दोस्रो पटकको प्रस्तुति रहेको थियो । भारतको दिल्लीकी स्थानिय नायिका कुृतिले महानकवि विद्यापतिको गीतमा कथक नृत्य प्रस्तुत गर्नु तथा मैथिली विकास कोषको कार्यक्रममा उपस्थिति जनाउनु दुवैको लागि गौरवको विषय बनेको देखिन्छ । दुबै अदभुत कलाकारहरुलाई मैथिली विकास कोषको अध्यक्ष जिवनाथ चौधरीले मायाको चिनो,दोसल्ला तथा प्रमाणपत्र प्रदान गरेर विशेष सम्मान गर्नु भएको थियो ।

