धनुषा–३ बाट भारी मतान्तरले विजयी भएको मनिष झाले विमलेन्द्र निधिलाई भेटेर राम्रो संस्कारको परिचय दिए – Jaleshwortoday

धनुषा–३ बाट भारी मतान्तरले विजयी भएको मनिष झाले विमलेन्द्र निधिलाई भेटेर राम्रो संस्कारको परिचय दिए

 March 8, 2026  
3

जलेश्वरटुडे समाचारदाता
धनुषा, २३ फागुन

प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत धनुषा–३ बाट भारी मतान्तरले विजयी भएका मनिष झाले आफ्ना निकटतम प्रतिस्पर्धी विमलेन्द्र निधिलाई भेटेर राम्रो अनुकरणीय संस्कारको परिचय दिएका छन् । झाले राजनीतिक संस्कारको उदाहरण प्रस्तुत गर्दै आफूभन्दा अग्रज नेता निधिसँग भेटेर आशीर्वाद तथा सुझाव लिएका थिए ।
उनका अनुसार उनले निधिसँग सम्पर्क गरी भेट्ने इच्छा व्यक्त गरेका थिए । ‘मैले आफैँ उहाँलाई सम्पर्क गरेर भेट्न चाहेको भनें । उहाँले पनि आज साँझ भेट्ने समय दिनुभएको छ,’ उनले भने, ‘राजनीतिक संस्कारको उच्चतम अभ्यास स्वरूप उहाँसँग भेटेर आशीर्वाद लिन्छु र यस क्षेत्रका लागि गर्नुपर्ने कामबारे सल्लाह लिन्छु ।’ शुक्रबार अबेर राति निर्वाचन कार्यालय धनुषाले धनुषा–३ को अन्तिम मतपरिणाम सार्वजनिक गरेको थियो ।
सार्वजनिक परिणाम अनुसार झाले ४३ हजार ९८८ मत प्राप्त गरी विजयी भएका छन् । उनका निकटतम उपविजेता निधिले भने १६ हजार ३३६ मत प्राप्त गरेका थिए ।