प्रधानमन्त्री शुशिला कार्की प्रतिनिधिसभाको चुनाव समपन्न गराएर अद्वितीय प्रधानमन्त्री प्रमाणित भएकी छिन् । किनभने भदौ २३ र २४ को जेन–जी आन्दोलनले दुई तिहाइको सरकार त विस्थापित ग¥यो तर मुलुकको नेतृत्व कसले हाँक्ने र राजनीतिक अन्योलताबाट मुलुकलाई कसले ‘सेफ ल्यान्डिङ’ गर्ने भन्ने अन्योलता विद्यमान रहेका थिए । अन्योलताको भुँमरीमा अप्ठ्यारो अवस्थाको जिम्मेवारी काँधमा बोक्न तयार भईन– पूर्वप्रधानन्यायाधीश सुशीला कार्की । उनी नेतृत्वको अन्तरिम सरकारलाई ६ महिनामा चुनाव गरेर मुलुकको संवैधानिक र राजनीतिक प्रक्रियालाई ‘ट्र्याक’ मा ल्याउने मूल दायित्व रहेका थिए । तर,आशंका र त्रास पनि उस्तै रहेको थियो । तर, निडर स्वाभावकी कार्की कत्ति पनि डग्मगाइनन् । चुनावको मिति नजिकिँदै जाँदा सहकर्मीहरू फुत्तफुत्त जिम्मेवारी छोडेर चुनाव लडन गए । तर, कार्कीले राष्ट्रिय दायित्व र जिम्मेवारीलाई पूरा गर्ने अठोट कायमै राखिन् । ‘यस निर्वाचनले नेपालमा एक गजबको सन्देश दिएको देखिन्छ । नेपालमा पछिल्लो समय गैरदलीय सरकारको उपयुक्ततता देखिएका छन भने सुरक्षा निकायहरूको भूमिकाले लोकतान्त्रिक प्रक्रियालाई थप विश्वसनीय बनाएको देखिन्छ ।
