" >
नारी दिवसमा नबिर्सिने महान नारी - Jaleshwortoday

नारी दिवसमा नबिर्सिने महान नारी

 २४ फाल्गुन २०८२, आईतवार २२:१७  

नेपालको परिवेशमा अहिले भर्खरै प्रथम महिला प्रधानन्यायाधीश तथा प्रथम महिला प्रधानमन्त्री सुशिला कार्कीले विना कुनै हिंसाको समपन्न गराएको प्रतिनिधिसभाको चुनाव ऐतिहासिक प्रमाणित भएको छ । अहिलेसम्म यस किसिमले शान्तिपूर्ण तरिकाले निर्वाचन समपन्न भएको यो पहिलो पटक हो । ११६ औं नारी दिवस मनाई रहँदा यस्ता प्रतिभाशाली तथा अभूतपूर्व धैर्यता र साहस भएकी नारीलाई सबैले सलाम गर्नै पर्दछ । रास्वपाका वरिष्ठ नेता तथा काठमाडौं महानगरको पूर्व नगर प्रमुख बालेन्द्र शाहले समेत नेपाल आमाको नाउँले सम्बोधन गरि सक्दा बहाँ पक्कै पनि यस अन्तर्राष्ट्रिय नारी दिवसको दिन विशेष पुजनीय बन्नु भएको छ । हामीलाई अहिले पनि स्मरण छ की जब हाम्रो देश नेपाल जेनजी आन्दोलनमा होमियो त्यति बेला पनि देशलाई संक्रमण कालबाट उठाउने तथा अहिलेसम्मको सुखद यात्रामा साथसाथ बस्नु यो कुनै साधारण नारीको काम होइन यो दैवि शक्ति तथा देवीतुल्य साक्षात दुर्गाको अवतारको रुपमा बुझन सक्दछौं । यो चुनाव समपन्न गराए लगतै वहाँको प्रशंसा देश—विदेशमा हुन थालेको छ । वहाँ जस्तै नेपालमा अझै पनि प्रतिभाशाली महिलाहरु छन् जसको सम्मान हुन आवश्यक छ भने हिंसा तथा शोषणमा परेका महिलाहरुको आवाज बन्नु पर्दछ अहिलेको वर्तमान दुई तिहाई मत ल्याएका रास्वपाको सदस्यहरुले । देशमा महिलामैत्री कानुन तथा महिलाको हक तथा अधिकारलाई व्यवहारमा लागु गर्न गराउन जरुरी छ ।