निजि विद्यालय अनुगमनको महत्व – Jaleshwortoday

निजि विद्यालय अनुगमनको महत्व

 May 11, 2026  

प्रत्येक वर्ष झै यस वर्ष पनि जनकपुरधाम उपमहानगरपालिकाको शिक्षा,युवा तथा खेलकुद विकास शाखाले निजि विद्यालयको संचालनसँग सम्बन्धीत विभिन्न क्रियाकलापहरुका जाँचपडताल गर्ने उद्देश्यले शुरु गरेको अनुगमनले निजि विद्यालयलाई उर्जा थपेको निजि विद्यालयका संचालकहरुले बताएका छन् ।
निजि विद्यालयलाई उपमहानगरले ए,बि,सी र डी गरी ४ भागमा बाँडी वर्गीकृत गरेका छन् भने निजि विद्यालयले आफ्ना वर्ग अनुसारको विद्यार्थीहरुबाट लिने शुल्कको विवरण तथा पुस्तक सम्बन्धी जानकारी शिक्षा शाखालाई बुझाई सकेका छन् । शिक्षा शाखाले यस उपमहानगर भित्रका निजि विद्यालयहरुलाई पहिले भन्दा अहिले शसक्त बनाएको छ भने वर्गीकरण अनुसारको सुविधाको बारेमा खोजविन गरी नपुग स्रोत साधनको बारेमा बृहत चर्चा गरी अनुगमनको क्रममा सुझाव समेत दिने गरेको पाइएको छ । यस वर्षको अनुगमन ज्यादै नै मर्यादित तथा व्यवस्थित रहेको निजि विद्यालयका संचालकहरुले सकारात्मक प्रतिक्रिया दिएका छन् ।
अनुगमनले मात्र भय तथा त्रासको वातावरण उत्पन्न नगरी यसलाई सकारात्मक रुपमा लिने हो भने अनुगमनले अभिभावकत्व प्रदान गर्दछ । जति निजि विद्यालयको सकारात्मक अनुगमन गरिन्छ,त्यति नै निजि विद्यालय अन्य विद्यालयहरु भन्दा सबल तथा गुणस्तरीय हुने विज्ञहरु बताउँछन् । जनकपुरधाम भित्र निजि विद्यालय सम्बन्धी लगाईएका विभिन्न अपुष्ठ आरोपहरु समेत यस अनुगमनले संतोषजनक हिसाबले काउण्टर गरेको देखिएका छन् । त्यसकारण अहिले अन्य विद्यालय भन्दा निजि विद्यालयको गुणस्तर तथा व्यवस्थापन उच्च रहेको अनुगमनकर्ताहरुले निष्कर्ष निकालेका छन् ।