रसुवामा आएको बाढीका कारण सहादत प्राप्त नेपाली तथा पर्यटकहरुको लासलाई व्यवस्थापन गर्न अति आवश्यक रहेको देखिन्छ । लासहरु गर्मीका कारण सर्ने गरेको कारण ती लासहरुको डिएनए पहिचान गरी अभिलेख राखी तिनीहरुलाई माटोमा व्यवस्थापन गर्न अति आवश्यक रहेको देखिन्छ । अहिले पनि कति लासहरु माटोमा फसेका छन् भने कति ठाउँहरुमा नेपाल सरकारको तर्फबाट विपद व्यवस्थापनमा खटिएका नेपाली सेना लगायतका व्यक्तिहरु पुग्न सकेका छैनन् । यस कार्यमा नेपाल सरकार तथा विभिन्न सँयन्त्रहरु अझै जिम्मेबार तथा जबाफदेहि हुन जरुरी छ ।
धेरै ठाउँहरुमा हिलो र गहिरो लेदोका कारण उद्धार कार्य प्रभावित भएको छ । अहिले पनि सुरुङभित्र मान्छेहरु फसेका आशँका गरिएका छन् । किनभने कतिपय व्यक्तिहरुका लास भेटेका छैनन् भने ती व्यक्तिहरु सम्पर्कबिहीन छन् । त्यसकारण तिनीहरुलाई बचाउनका लागि विभिन्न प्राविधिक व्यक्ति तथा सहयोगीहरुका सहयोग स्वीकार गर्न आवश्यक रहेको देखिन्छ ।
घरपरिवारका अभिभावकहरु चिन्तित छन् । घरपरिवारलाई अहिले पनि आफ्नो मान्छे फर्केर आउछन् भने आशमा छन् । त्यसकारण अहिले जनताले राहत र उद्धारका लागि सहयोग गर्न अगाडी रहेकाले सरकारले पनि तुरुन्त गर्नुपर्ने काम गर्न जरुरी छ ।
