स्थानिय चुनावमा ढीलाई नगरौं – Jaleshwortoday

स्थानिय चुनावमा ढीलाई नगरौं

 January 30, 2022  
Education

स्थानिय चुनावमा अब ढीलाई गर्नुपर्ने कुनै विशेष कारण नरहेको देखिन्छ । स्थानिय चुनावको समय यस अघि बैशाखमा तोकिए पनि यहाँ विभिन्न पार्टीहरुको अवरोध तथा निर्वाचन आयोगको लचिलोपनाको कारण सो मिति समेत यकिन गर्न सकिएन । अब विभिन्न किसिमले निर्वाचन आयोग तथा विभिन्न पार्टीहरुको अनुसार स्थानिय चुनाव जेठमा गर्ने गराउने चर्चा चलिरहेको बेलामा यसलाई अन्तिम मितिको रुपमा स्वीकर गर्न सबै सत्तारुढ दल तथा निर्वाचन आयोगको लागि उचित हुने देखिन्छ । किनभने अहिले जेठमा स्थानिय चुनाव गराउने निर्णय नगरिए देशले विभिन्न राजनैतिक तथा अन्य अवरोधहरुको सामना गर्नुपर्ने परिस्थिति आउन सक्ने अडकल गर्न सकिन्छ । स्थानिय चुनावबाट नै देशकोे अन्य चुनाव पनि प्रभावित हुने भएकोले पनि देशको शासन व्यवस्था ऐन कानुन तथा नीति सँगत चलाउनको लागि विधिको शासनलाई सजिलै स्वीकार गर्न सबैको लागि लाभप्र्रद हुने देखिन्छ । अहिले पनि यस जेठको मितिलाई सार्ने तथा विभिन्न आँशिक अवरोध देखिए पनि यसलाई विभिन्न तरिकाले मिलाई सबैले एकमट भई जेठमै स्थानिय चुनाव गर्न गराउनमा सहयोग गर्न आवश्यक रहेको देखिन्छ । यता जनप्रतिनिधिहरु चैत्रपछि अधिकार बिहिन भएपछि स्थानिय निकायको सम्पूर्ण जिम्मा कर्मचारीहरुले थेग्न नसक्ने भएकोले पनि समयमै चुनाव गराई राज्य व्यवस्थालाई गतिमान राख्नको लागि अन्तिम बिकल्प रहेको देखिन्छ ।