नेसपाले स्थानिय चुनावमा शसक्त रुपमा भाग लिने बैशाख ३ गते स्थापना दिवस र चैत्र भरी जन्म जयन्ती मनाउने – Jaleshwortoday

नेसपाले स्थानिय चुनावमा शसक्त रुपमा भाग लिने बैशाख ३ गते स्थापना दिवस र चैत्र भरी जन्म जयन्ती मनाउने

 March 6, 2022  
Party

जलेश्वरटुडे समाचारदाता
धनुषा, २१ फागुन

नेपाल सद्भावना पार्टी (नेसपा)ले केन्द्रीय कार्य समितिको विस्तारित बैठकमा २०७९ बैशाख ३० मा हुुने स्थानिय चुनावमा प्रत्येक स्थानिय तहबाट उम्मेदवार खडा गरी शसक्त रुपमा भाग लिने बताएका छन् । सो बैठमा विभिन्न प्रस्तावमाथि छलफल गर्दा बहुमतबाट स्थानिय चुनावमा भाग लिनुको साथै संगठनलाई सुदृढीकरण गर्नुपर्ने आवश्यकता रहेको नेताहरु बताए । त्यसैगरी स्थानिय तह चुनाव घोषणापत्र मस्यौदा समितिमा ३ जना र प्रभारी नियुक्ति सम्बन्धमा प्र्रत्येक जिल्लाका अध्यक्ष तथा ईन्चार्जहरुलाई जिम्मेबारी दिइयो । साथै बैठकबाट ३ सदस्ययी चुनावी बार्ता समिति समेत चयन गरियो । आउँदो बैशाख ३ गते पार्टीको स्थापना दिवस केन्द्रीय कार्यालय जनकपुरधाममा मनाउने तथा चैत्र मसान्त भरी स्व.गजेन्द्र नारायण सिंहको जन्म जयन्ती मनाउने सर्वसम्मतीले निर्णय गरियो । केन्द्रिय अध्यक्ष राम कुमार महतोले चैत्र १५ गतेभित्र उम्मेदबारहरुको नामाबलि केन्द्रमा पठाइसक्नुपर्ने जानकारी दिनुभयो।