जलेश्वरटुडे समाचारदाता
धनुषा, ८ फाल्गुण

आईतबार धनुषाको मिथिला विहारी नगरपालिका ८ कचुरी स्थित मिथिला विहारी मन्दिरबाट झाकी किर्तन सहित निस्केको रामजानकीको डोला जनकपुरधामको

रत्नसाग मठ,जानकी मन्दिर हुदै यहाँबाट जानकीको डोला र जनकपुरका अन्य मठ मन्दिरबाट ल्याइएका डोलाहरु समेत समावेश गरि जनकपुरधाम वडा १२ मा

पर्ने हनुमान नगरको हनुमानगढीमा रामजानकीको डोला सहित श्रद्धालु भक्तजन तथा साधुसन्तहलाई फुल बर्षाएर भव्य स्वागत गरिएको छ । रामजानकी डोला

साँझ करिब ६ बजेर ८ मिनेटमा हनुमानगढीको हनुमान मन्दिरमा प्रवेश गरेको थियो ।
यस वर्ष जाडो समयमै खत्म भए पछि श्रद्धालु भक्तजन तथा साधुसन्तहरुको

सहभागिता अन्य साल भन्दा बढी देखिएको थियो । हनुमानगढी मेला व्यवस्थापन समितिका सदस्यहरु तथा हनुमान नगर चौकीका प्रहरीहरु सक्रिय

भएर रामजानकी डोला र भीड व्यवस्थापनमा ठूलो भूमिका खेलेको देखिएको थियो । मेलालाई सुन्दर बनाउनको लागि मन्दिरको मूल द्वारमै स्वागत द्वार र

झिलिमिली बत्तिको कुशल व्यवस्थापन गरिएको थियो । त्यसैगरी दुर्घटना तथा बिरामीको चेकजाँचको लागि सहायक निःशुल्क एलोपेथ तथा आयुर्वेदिक स्वास्थ्य शिविरको व्यवस्थापन गरिएको थियो । साधुसन्त तथा भक्तजनहरुको बासको

लागि सडकदेखि पूर्वपट्टी व्यवस्थापन गरिएको थियो । सडकको पेटीमा नै मेला लाग्ने गरेकोले सडक तथा भीड व्यवस्थापन चुनौतिपूर्ण रहेको छ । तर मेला समितिको स्वयंसेवकहरुको सक्रियता उल्लेखनिय देखिएको थियो । १५ दिने

मिथिला परिक्रमाको प्रमुख उदगम बिन्दुको रुपमा रहेको हनुमानगढी विश्राम स्थललाई अझै प्रदेश सरकार तथा अन्य सहयोगी संस्थाहरुले सहयोग गर्न र सहभागिता बढाउन आवश्यक रहेको देखिन्छ । साथै भीडलाई व्यवस्थापन गर्न

थप ठाउँको समेत व्यवस्थापन गर्न आवश्यक रहेको देखिन्छ । भोलि बिहानै रामजानकी डोला सहितको लवालस्कर हनुमानगढीबाट निस्केर दोस्रो

विश्रामस्थल भारतको कल्यानेश्वर स्थान अर्थात कलना पुग्ने छ ।
