कञ्चनवनमा होलि खेलिसकेपछि बिधिबत रुपमा होलि शुरु – Jaleshwortoday

कञ्चनवनमा होलि खेलिसकेपछि बिधिबत रुपमा होलि शुरु

 February 27, 2023  
ff

जलेश्वरटुडे समाचारदाता
महोत्तरी, १५ फाल्गुण

महोत्तरीको कञ्चनवनमा मिथिला मध्यमा परिक्रमाका यात्रीहरूले एकअर्कालाई अबिर दलेर होली मनाएका छन्।

त्रेतायुगमा भगवान राम र सीताले रंग दलेर होली खेलेको सम्झनामा सोमबार कञ्चनवनमा मिथिला मध्यमा परिक्रमामा सहभागीहरूले पुगेर होली खेलेका हुन

प्रत्येक वर्ष झैँ यसवर्ष पनि परिक्रमामा मिथिला बिहारीको डोलासँगै कञ्चनवन पुगेका सहभागीहरूले एकअर्कालाई रंग अबिर दलेर होली पर्व मनाएका छन्।

कञ्चनवनमा परिक्रमामा सहभागीहरूले रंग अबिर खेलेपछि मिथिलाञ्चलमा औपचारिक रूपमा होली पर्वको आगमन भएको मानिन्छ।