मिटरब्याज पीडितकोको समस्या समाधानका लागि नयाँ कानुन बन्दै – Jaleshwortoday

मिटरब्याज पीडितकोको समस्या समाधानका लागि नयाँ कानुन बन्दै

 March 28, 2023  
tt

जलेश्वरटुडे समाचारदाता
काठमाडौं, १४ चैत्र

मिटरब्याज पीडितको समस्यालाई समाधान गर्न सरकारले कानुन संशोधन गर्ने निर्णय गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषदको बैठकले मिटर ब्याज पीडितहरुले फेरि सडकमा निस्केर आन्दोलन चर्काएपछि यस समस्याको समाधानका लागि मुलुकी अपराध संहिता २०७४ मा संशोधन गर्ने निर्णय गरेको हो। प्रधानमन्त्रीका प्रेस संयोजक मनहरि तिमिल्सिनाले आजको मन्त्रिपरिषद बैठकले मिटरब्याजलाई अपराध घोषणा गरी कानुनी दायरामा ल्याउन मुलुकी अपराध संहिता २०७४ को आवश्यक संशोधन प्रक्रिया अघि बढाउने निर्णय गरेको जानकारी दिए । मन्त्रिपरिषदको निर्णय अनुसार अपराध संहिताको लेनदेन सम्बन्धी व्यवहार खण्डमा थप व्यवस्था हुनेछ।