इजरायलबाट २५४ जना नेपाली लिएर उड्यो विमान – Jaleshwortoday

इजरायलबाट २५४ जना नेपाली लिएर उड्यो विमान

 October 12, 2023  
qq

गणेश कुमार सिंह
महोत्तरी, २५ असोज

इजरायलबाट २५४ जना जना नेपाली लिएर नेपाल वायु सेवा निगमको जहाज काठमाडौंका लागि उडेको छ। इजरायलको तेल अभिबस्थित बेन गुरियनन विमानस्थलबाट द्वन्द्वका कारण अलपत्र नेपाली बोकेर नेपाल एयरलाइन्सको विमान काठमाडौं हिँडेको हो।

उक्त विमान आज राति १:३० बजेतिर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गर्ने परराष्ट्रमन्त्रीका प्रेस सल्लाकार केशव साउदले जानकारी दिए।परराष्ट्रमन्त्री एनपी साउदको नेतृत्वमा वायुसेवा निगमको विमान उद्धारका लागि इजरायल पठाइएको हो। वायुसेवा निगमका क्याप्टेन श्रवण रिजाल नेतृत्वको क्र्यू मेम्बरले उद्धार उडान भरेका हुन्।

इजरायलमा प्यालेस्टाइनको हमास समूहले गरेको आक्रमणमा परी नेपालीसहित हजारौं अपलपत्र परेका छन्।सरकारले नेपाल फर्कन चाहनेहरूका लागि अनलाइन आवेदन खुलाएको थियो। जसमध्ये नेपाल आउन चाहेका २५४ जना नेपालीलाई बिहीबार सरकारले उद्धार गरेको हो ।