" >
जलेश्वरमा महा शिवरात्री तथा २६२ औं सेना दिवस २०८१ भब्यताका साथ मनाइयो - Jaleshwortoday

जलेश्वरमा महा शिवरात्री तथा २६२ औं सेना दिवस २०८१ भब्यताका साथ मनाइयो

 १५ फाल्गुन २०८१, बिहीबार ००:२८  
1

आरजे इर्साद शेख
महोत्तरी,  १४  फाल्गुन

महोत्तरि जिल्लाको जलेश्वर नगरपालिका २ स्थित रहेको रंगशालामा श्री मध्य पुर्बि पृतना द्वारा हेड क्वाटर द्वारा महा शिवरात्री तथा २६२ औं सेना दिवस २०८१ को उपलक्ष्यमा आयोजित विशेष प्रदर्सनि तथा सास्कृतिक कार्यक्रमको आयोजना गरिएको छ । कार्यक्रमको अध्यक्षता निमित्त मध्य पुर्बि पृतना पति सहायक रथि भुबन खत्रीले गर्नुभएको थियो । भने प्रमुखअतिथि मधेस प्रदेस प्रमुख सुमित्रा सुबेदि भन्डारी अतिथिजो रुपमा भौतिक पुर्बाधार मन्त्री सरोज यादव, शिक्षा तथा संस्कृति मन्त्री रानी शर्मा तिवारी लगायत मधेस प्रदेशका मन्त्रीहरु, प्रमुख जिल्ला अधिकारी लालबाबु कवारी, सहायक जिल्ला प्रमुख जिल्ला अधिकारी उपेन्द्र न्यौपाने, प्रदेश सभाका सदस्यहरु, जिल्लामा रहेका नगर प्रमुखहरु, ९ बाहिनिका बाहिनी पति युबराज कार्कि सहायक बाहिनिपति डम्मर बहादुर बोहोरा लगायत मध्य पुर्बि पृतना अन्तर्गत रहेका सब युनिटका पतिहरु लगायत सुरक्षा निकायका प्रमुखहरु,
स्थानियहरु पत्रकार समेतको उपस्थिति रहेको थियो ।
आयोजित कार्यक्रममा नेपाली सेनाका विभिन्न युनिट तथा सब युनिट बाट श्री ५ बडा महराजाधिराज पृथ्वीनारायण शाहले गरेका उत्कृष्ट कार्यहरुलाई स्मरण गराउन सेनाका टोलिले कला देखाई प्रस्तुत गरेका थिए । साथै प्रमुख अतिथी लगायत अन्य अतिथिहरुलाई विभिन्न स्टल खडा गरि फोटो सेसन अबलोकन गराइएको थियो र नेपालमा बसोबास गर्ने जातजाती समुदाय भेष भाषा तथा पहिरन दर्शाउने सांस्कृतिक कार्यक्रम (नाच ) अत्यन्तै रमणीय प्रदर्सन प्रस्तुत गरिएको थियो ।
सेना दिवसको अवसरमा सेना द्वारा एक दिने नि:शुल्क स्वास्थ शिविर संचालन गरिएको थियो जसमा अँखा, कान, छालाको रोग, ढाड दुकेको, ब्लड प्रेसर जस्ता रोगहरुको उपचार गराइ औषधि लिएका थिए। स्थानियबासिले आफ्नो सामान्य शारीरिक अवस्था परिक्षण गराई औषधि लिई लाभान्वित भए।
कार्यक्रम बिशेषमा पृतनापति खत्रीले सम्बोधन गर्दै नेपाली सेनाले गरेका उत्कृष्ट कार्यहरु तथा छबिहरुको बर्णन गरे ।