जलेश्वरटुडे समाचारदाता
जनकपुरधाम, २८ श्रावण
शिक्षक उपेन्द्र यादवले जनकपुरधाम—४ स्थित ज्ञान गंगा ईन्टरनेशनल पब्लिक स्कुललाई बिहिबार एउटा कार्यक्रममा पुरस्कृत गरेको छ ।
बहुमुखि प्रतिभाका धनी शिक्षक यादवले ज्ञान गंगाका विभिन्न कक्षाका विद्यार्थीहरुलाई हाजिरीजबाफ प्रतियोगिताको माध्यमबाट विभिन्न क्षेत्रका प्रश्नहरु सोधेर जबाफ दिने विद्यार्थीहरुलाई महत्वपूर्ण आकर्षक किताबहरु हस्तान्तरण गरेर मनोबल बढाउनमा प्रशंसनिय कार्य गरेको भन्दै सो विद्यालयको प्रधानाध्यापक प्रा.पवन कुमार साहले उच्च प्रशंसा गर्नुभयो । शिक्षिका स्नेहा झा,विद्यार्थी गोपी शर्मा तथा पत्रकार दिपक श्रेष्ठ मण्डलले यस कार्यक्रमको उच्च प्रशंसा गर्नु भएको थियो । शिक्षक उपेन्द्र यादव महोत्तरी गाउँपालिका अन्तर्गत पर्ने सनुखरा सामुदायिक विद्यालयको शिक्षक हुनुहुन्छ । वहाँको प्रमुख विषय अंग्रेजी रहे पनि वहाँले हाजिरीजबाफसँग सम्बन्धीत विषयमा अत्यधिक रुचि राख्ने गरेको बताउनु भयो । वहाँको विद्यालयमा शिक्षण गर्ने पद्धति अत्यन्तै सरल तथा सहज रहेकोले वहाँसँग पढने विद्यार्थीहरुवहाँलाई अत्यधिक मन पराउने गरेको बुझिएको छ । कार्यक्रमको अन्त्यमा वहाँले मैथिलीमा गीत गाएर शिक्षाको महत्व र आवश्यकताको बारेमा समेत ज्ञान गंगाका विद्यार्थीहरुलाई सुझाएका थिए । कार्यक्रममा वरिष्ठ शिक्षक विवेकानन्द झा,ममता भगत लगायत अन्य शिक्षक गण तथा विद्यार्थीहरुका बाक्लो उपस्थिति रहेको थियो । पुरस्कृत हुने विद्यार्थीहरु,प्र.अ.प्रा.पवन कुमार साह तथा पत्रकार दिपक श्रेष्ठ मण्डललाई शिक्षक यादवले टीका लगाई किताब हस्तान्तरण गरेर पुरस्कृत गर्नु भएको थियो । विद्यालय परिवारले समेत शिक्षक यादवलाई टीका लगाई खाँदा ओढाएर सम्मान गरेको थियो ।


