भोलिबाट शिक्षकले सडक छाड्ने, विद्यालय फर्कन सहमत – Jaleshwortoday

भोलिबाट शिक्षकले सडक छाड्ने, विद्यालय फर्कन सहमत

 April 30, 2025  
1

जलेश्वरटुडे समाचारदाता
काठमाडौं, १७ बैशाख

शिक्षकहरूको आन्दोलन भोलि (बिहीबार) बाट स्थगित हुने भएको छ । सरकार र शिक्षक महासंघबीच सहमति भएपछि आन्दोलन स्थगित गर्ने भएको हो ।

मन्त्रिपरिषद्को निर्णयपछि सहमतिका बुँदा सार्वजनिक गर्ने र आन्दोल स्थगित गर्ने बैठकमा सहभागी एक सदस्यले बताए ।

यो सँगै अब शिक्षकहरू विद्यालय फर्कन सहमत भएका हुन् ।