एकडारा गाउंपालिकामा कोरोना रोकथामको लागि अन्तरक्रिया,आरआरटी समिक्षा तथा योजना तर्जुमा बैठक बसियो – Jaleshwortoday

एकडारा गाउंपालिकामा कोरोना रोकथामको लागि अन्तरक्रिया,आरआरटी समिक्षा तथा योजना तर्जुमा बैठक बसियो

 April 30, 2021  

जलेश्वरटुडे समाचारदाता
महोत्तरी, १६ बैशाख

महोत्तरीको एकडारा गाउँपालिकामा एउटा कार्यक्रम बिच कोरोना रोकथाम,नियन्त्रण तथा निगरानीको लागि सरोकारबालाहरुसँग अन्तरक्रिया,आरआरटी समिक्षा तथा योजना तर्जुमा बैठकको योजना गरिएको छ ।
उक्त कार्यक्रममा रेपिड रिसपोन्स,सचेतनामूलक कार्यक्रम,स्क्रीनिङ्ग,पिसिआर परिक्षण,आइसोलेशन, क्बारेन्टाइन,कोरोना बजेट तथा स्रोत व्यवस्थापन,स्वास्थ्य सेवा नियमित संचालन,अन्य महामारी तथा सरुवा रोग सम्बन्धमा चर्चा गरिएको थियो । कार्यक्रममा पालिका अध्यक्ष राम छबिला साहले अध्यक्षता गर्नुभएको थियो भने प्रमुख प्रशासकिय अधिकृत प्रमोद ठाकुर,६ वटै वडाध्यक्षहरु,स्वास्थ्य शाखा इन्चार्ज तथा प्रमुखहरुको गरिमामय उपस्थिति समेत रहेको सुुचना तथा संचार प्रविधि अधिकृत शिवेन्द्र ठाकुरले जानकारी गराउनुभयो ।