ज्ञान गंगा जनकपुरधामको पहिलो विद्यालय हो जहाँ रोबोटिक एजुकेशन सालभरी दिने मौका पाएको छुः शिक्षक कर्ण – Jaleshwortoday

ज्ञान गंगा जनकपुरधामको पहिलो विद्यालय हो जहाँ रोबोटिक एजुकेशन सालभरी दिने मौका पाएको छुः शिक्षक कर्ण

 May 24, 2025  
111

जलेश्वरटुडे समाचारदाता
जनकपुरधाम, ९ जेष्ठ

जनकपुरधामको एयरपोर्ट रोड कुवा बजारदेखि दक्षिणतर्फ अवस्थित ज्ञान गंगा ईन्टरनेशनल पब्लिक स्कुल पहिलो विद्यालय हो जहाँ रोबोटिक एजुकेशन २०८२ शैक्षिक सत्रभरी नियमित रुपमा दिने मौका पाएको रोबोटिक शिक्षक ईन्जिनियर आशुतोष कर्णले बताएको छ । जनकपुरधामका केहि विद्यालयहरुले विगतमा रोबोटिक सम्बन्धी वर्कशप १० देखि १५ दिनसम्मको लागि गराए पनि ज्ञान गंगा ई.पब्लिक स्कुल जनकपुरधाम मात्रको नभई मधेस प्रदेशकै पहिलो विद्यालय हो जसले विद्यालयको नियमित कक्षा तालिकामा रोबोटिक तथा विज्ञान प्रविधिसम्बन्धी अध्यापन समावेश गरी कक्षा १ देखि नै पठनपाठन गराउने कार्यको आज उद्घाटन गरी मलाई टीका लगाई खाँदा तथा मायाको चिनोले सम्मान गरेकोमा शिक्षक कर्णले प्र.अ. पवन कुमार साहलाई विशेष धन्यवाद ज्ञापन गर्नुभयो । त्यसैगरी शिक्षक कर्णले रोबोटिक अध्ययनका लागि छात्रछात्राहरुलाई प्रारम्भिक जानकारी गराउनुका साथै तिनीहरुलाई चामल प्राकृतिक हो या प्लाष्टिकको हो सो कुरा पत्ता लगाउन बैज्ञानिक प्रयोग देखाई सबैलाई मन्त्रमुग्ध पार्नु भएको थियो । विद्यार्थीहरुले समेत आफना जिज्ञासाहरु सहितका प्रश्न गर्न पाएका थिए । सो उद्घाटन कार्यक्रममा शिक्षक शिक्षिका,कर्मचारी तथा विद्यार्थीहरुका बाक्लो उपस्थिति रहेको थियो ।संस्थापक प्रधानाध्यापक प्रा.पवन कुमार साहले समेत रोबोटिक शिक्षा अहिलेको आधुनिक युग अनुकुल रहेकोले यसलाई आफ्नो विद्यालयमा नियमित रुपमा अध्यापन गराउन लागेको बताउनुभयो । त्यसैगरी यसै वर्षको आषाढ २ गतेदेखि आषाढ १२ गतेसम्म दिल्लीको शास्त्रीय नृत्य प्रशिक्षक तथा गुरु हृदेव रायले ज्ञान गंगाका साथै जनकपुरधामका सबै विद्यालयहरुले समेत सहभागि हुने किसिमले कार्यशाला गर्न गइरहेकोमा सबैलाई सहभागि हुन समेत प्र.अ.साहले जानकारी गराउनुभयो ।