महोत्तरीमा पहिलो दिन निषेधाज्ञाले जनजिवन कष्टकर – Jaleshwortoday

महोत्तरीमा पहिलो दिन निषेधाज्ञाले जनजिवन कष्टकर

 May 6, 2021  

जलेश्वरटुडे समाचारदाता
महोत्तरी, २२ बैशाख

पूर्व सूचना अनुसार महोत्तरी जिल्लामा बुधबारदेखि शुरु भएको निषेधाज्ञाले समान्य जनतादेखि अन्य जनमानसको समेत जनजिवन प्रभावित भएको छ । यता पूर्ण लकडाउनका कारण अतिआवश्यक सामाग्री बोक्ने सबारी साधनहरु ओसारपसार गर्ने सबारी साधनहरु तथा सार्वजनिक यातायातहरु पूर्ण रुपमा ठप्प रह्यो ।

May be an image of 1 person, standing, playing a sport, outdoors and text that says '"Wish You Very Happy New Year 2078" GYAN GANGA INTERNATIONAL PUBLIC SCHOOL Janakpurdham-12, East to Machhapalan (Airport Road) ADMISSION OPEN (PG TO Above Classes) (With Hostel) YOUR DREAMED SCHOOL For Online Regn. gyangangaipstc edu.np A School Which Trains Career Building Games Contact: 9844027971, 9824877627'
पैदल यात्रिदेखि मोटरसाइकल यात्रिलाई बिहानैदेखि प्रहरीहरुले सोधपुछ गरी अवरोध गरेका थिए । विहानैदेखि वर्षाको कारण समेत यता जनजिवन प्रभावित भएको बुझिएको छ । यता वित्तिय कारोबार गर्ने सरकारी बैकदेखि निजि बैकहरु तथा वित्तिय संस्थाहरु विहान १० बजेदेखि २ बजेसम्म खुल्ला रहेको थियो । तर निषेधाज्ञाको कारण कारोबार गर्नेहरुका बैंकहरुमा सामान्य उपस्थिति रहेको थियो । संचारको कमिको कारण लकडाउनको समयावधि तथा खाद्य सामाग्रीहरु बेच्ने तथा किन्नेहरु अन्योलमा रहेको देखियो । सरकारी र स्थानिय पालिकाका कार्यालयहरु सामान्य कर्मचारीहरुको उपस्थितिमा शुचारु रहेको थियो ।