महिलाले कहिलेसम्म घरेलु हिंसालाई ईट्स ओके भनेर टारिदिने ?ः श्रद्धा – Jaleshwortoday

महिलाले कहिलेसम्म घरेलु हिंसालाई ईट्स ओके भनेर टारिदिने ?ः श्रद्धा

 November 26, 2021  
Shradha

जलेश्वरटुडे समाचारदाता
काठमाढौं, १० मंसिर

बलिउड अभिनेत्री श्रद्धा कपूरले महिलाले घरेलु हिंसा सहेर बसेसम्म समाजमा परिवर्तन नआउने बताएकी छन् । संयुक्त राष्ट्र संघकी महिला प्रतिनिधि निष्ठा सत्यमसँगको छलफलमा उनले महिलाले हरेक प्रकारका घरेलु हिंसालाई ‘इट्स ओके’ भनेर किन टारिदिन्छन् ? भनेर प्रश्न समेत गरेकी छन् । छलफलको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक गर्दै श्रद्धाले आफूमाथि भएका हिंसाका घटना बाहिर ल्याउन महिलाले नै पहल गर्नुपर्ने धारणा राखेकी छन् । छलफलका क्रममा श्रद्धा केहीबेर भावुक समेत भएकी थिइन् । उनले भिडियोको अन्तिममा आफूमाथि भएको अत्याचारका घटनालाई महिला आफैंले बाहिर ल्याए मात्रै समाज परिवर्तनको बाटोमा अग्रसर हुने बताएकी छन् ।