मधेस प्रदेश राजनीतिक कलहमा फसेको बखतमा नवनियुक्त मधेसकै धर्तिपुत्र मधेस प्रदेश प्रमुख डा.प्रा.सुरेन्द्र लाभको आगमनले समग्र मधेस प्रदेश नव आशा तथा उर्जाका साथ तरंगीत भएको छ । प्रदेश प्रमुख लाभको विद्वताको जति नै तारिफ गरे पनि कमै होला जस्तो मलाई लाग्दछ । अहिले मधेस प्रदेशमा काँग्रेस सहितको सात पार्टी र एमाले पार्टीका वीचमा द्वन्द्व सृजना भएको छ । यसको प्रमुख कारणको रुपमा लोसपाबाट जितेन्द्र प्रसाद सोनार (सोनल) ले सदनमा मुख्यमन्त्री पदको लागि विश्वासको मत प्राप्त गर्न नसक्नु,सदनमै आफ्नो राजिनामा सार्वजनिकिकरण गर्नु तथा निवर्तमान प्रदेश प्रमुख सुमित्रा कार्कीले एमालेबाट सरोज कुमार यादवलाई बर्दिबासको होटलमै नव मुख्यमन्त्रीको रुपमा घोषणा सँगै सपथ समेत खुवाएको घटनाक्रम रहेको छ । पक्ष तथा विपक्षको तर्क जे भए पनि अहिले अदालतमा मुद्दा विचाराधिन रहेको छ । यस शुन्य समयमा अदालतको निर्णय जस्तोसुकै आए पनि नव प्रदेश प्रमुख लाभले दुबै पक्ष वीच संबाद तथा वार्ताको माध्यमले वीनवीनको सिद्धान्त बमोजिम अहिलेको राजनैतिक समस्याको समाधान गरिएमा लाभको विद्वताको अझै प्रशंसा बढनुका साथै संघियता समेत खतरामुक्त हुने देखिन्छ ।
