जनकपुर धाममा भारतीय शास्त्रीय सभ्यता झल्किने ओडिसी नृत्य प्रस्तुति सम्पन्न – Jaleshwortoday

जनकपुर धाममा भारतीय शास्त्रीय सभ्यता झल्किने ओडिसी नृत्य प्रस्तुति सम्पन्न

 December 11, 2025  
596407552_3305101329646876_5832122804651390577_n

ओम प्रकाश
जनकपुरधाम, मंसिर २४ गते

जनकपुरधाम स्थित मैथिली विकाष कोषको मैथिली भवनमा आयोजित भारतको प्रख्यात ओडिसी नृत्य प्रस्तुति भव्य रूपमा सम्पन्न भएको छ। भारतको महावाणिज्य दूतावास, वीरगञ्ज द्वारा आयोजित कार्यक्रममार्फत प्रसिद्ध नृत्यांगना सन्ध्या कुञ्जन मेनन दास तथा उनकी समूहले भारतीय शास्त्रीय कला–संस्कृतिको उत्कृष्ट झल्को प्रस्तुत गरे।

कार्यक्रमका अध्यक्ष भारतीय महावाणिज्यदूत देवीसहाय मिणाले सांस्कृतिक आदान प्रदानले भारत–नेपाल सम्बन्धलाई अझ सबल बनाउने विश्वास व्यक्त गर्दै यस्ता कार्यक्रमले दुई देशबीचको ऐतिहासिक, धार्मिक र सांस्कृतिक सम्बन्धलाई गहिरो बनाउने बताए। उनले दूतावासले आगामी दिनमा पनि कला, संस्कृति तथा मैत्री सम्बन्ध प्रवर्द्धनका विविध कार्यक्रम निरन्तर सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरे।

कार्यक्रमका प्रमुख अतिथि जनकपुरधाम उपमहानगरपालिकाका मेयर मनोज साहले कला–संस्कृति कुनै राष्ट्र वा समाजको पहिचान भएको उल्लेख गर्दै भारत–नेपालबीचको सांस्कृतिक सहकार्यले आपसी सद्भाव र निकटता थप मजबुत भएको बताए। मेयर साहका अनुसार, जनकपुरधाममा यस्तो स्तरीय सांस्कृतिक प्रस्तुति हुनु स्वयंमा प्रेरणादायी छ।

कार्यक्रममा स्थानीय प्रशासन, समाजसेवी, कलाकार, सञ्चारकर्मी तथा सर्वसाधारणको उत्साहजनक उपस्थिति रहेको थियो। विभिन्न भाव, कथागत प्रस्तुति तथा नृत्यका रूप हरूले भरिपूर्ण ओडिसी प्रदर्शनले दर्शकहरू लाई मन्त्रमुग्ध बनाएको थियो।कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको आयोजक महावाणिज्य दूतावासले जनाइएको छ।