" >
जनकपुरधाममा सातौं अन्तरविद्यालय वक्तृत्वकला प्रतियोगिता - Jaleshwortoday

जनकपुरधाममा सातौं अन्तरविद्यालय वक्तृत्वकला प्रतियोगिता

 २० पुष २०८२, आईतवार २२:२१  
1

ओम प्रकाश साह
जनकपुरधाम, २० पुस

नव मिथिला फाउन्डेसन द्वारा जनकपुरधाममा आयोजित तीन दिवसीय सातौं अन्तरविद्यालय वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ। प्रतियोगितामा ३५ वटा विद्यालयका ३५ जना छात्र–छात्राहरूको सहभागिता रहेको थियो, जसबाट उत्कृष्ट प्रस्तुति दिएका ५ जना विद्यार्थी छनोट भएका छन्।
नव मिथिला फाउन्डेसनका अध्यक्ष अमित साहको अध्यक्षतामा भएको कार्यक्रममा जनकपुरधाम उपमहानगरपालिकाका मेयर मनोजकुमार साहले उद्घाटन गर्नुभएको हो।
उद्घाटन मन्तव्यका क्रममा मेयर साहले वक्तृत्वकला प्रतियोगिताले विद्यार्थीको आत्मविश्वास र अभिव्यक्ति क्षमता विकासमा महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो।

कार्यक्रमका अध्यक्ष अमित साहले नव मिथिला फाउन्डेसनले शिक्षाको गुणस्तर अभिवृद्धि र विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि निरन्तर यस्ता कार्यक्रम गर्दै आएको जानकारी दिनुभयो।
“भोलिका कर्णधार तयार गर्ने उद्देश्यका साथ हामीले अन्तर विद्यालयस्तरका शैक्षिक तथा बौद्धिक कार्यक्रमलाई निरन्तरता दिएका छौं,” उहाँको भनाइ थियो।

उलेख्य विद्यार्थी , शिक्षक,अभिभावक रहेका कार्यक्रममा जनकपुरधाम उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष जीतेन्द्र महासेठ, पत्रकार श्रीनारायण साहको उपस्थिति रहेको थियो। प्रतियोगिताको निर्णायक मण्डलमा मनिष रमण साह, मनिका झा र नित्यानन्द मण्डल रहनुभएको थियो।